सडक पेटी खाली गरी सरसफाई नगरे जरिवाना तिर्नु पर्छ : सिरहा नगरपालिका मेयर यादब

  • जेठ २४, २०७९ | ५४१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, २३ जेष्ठ । नियम विपरित सडक पेटीमा सामान राखी फोहर थुपार्ने जो कोहीलाई सिरहा नगरपालिकाले कानून बमोजिमको जरिवाना गर्ने सिरहा नगरपालिका मेयर डा. नविन कुमार यादबले बताउनु भयो । सिरहा बजार सरसफई विषयका लागि सिरहा नगरपालिका र व्यपारी बिच छलफल कार्यक्रममा मेयर यादबले यस्तो बताउनु भयो ।

एक हप्ताको सूचना गरी समय सीमा भित्र सडक पेटी क्षेत्रमा सडक मापदण्ड विपरित सामान राखेकाहरुले सामान नउठाए र आफ्ना घर पसल अगाडी सरसफाई गरी नगरपालिकाबाट खटिने सरसफाई टोलीलाई नबुझाए जरिवाना तिर्नु पर्ने सहमती भएका छन् । अब प्रत्येक दिन पालिकाबाट सरसफाई टोली बजार क्षेत्रमा विशेष हरण प्रयोग गरी जनाउ दिदै फोहर संकलन गर्ने छन् । ठाउँ ठाउँमा सरसफाई व्यवस्थापनका लागि  ड्स्टविन पनि राखिनेछ । घर अथवा पसलमा उत्पादन भएका फोहर संकलन गरी सरसफाई गाडी सम्म पुगाउनु पर्ने छ । 

बजार क्षेत्रमा रहेको नाला व्यवस्थापनका लागि पनि योजना बनाउँदै छौँ । जाँडै नाला व्यवस्थापन गरी लामखुट्टे नियन्त्रणका लागि  पनि औषधी छरकिने काये हुनेछ । बजार क्षेत्रमा गुडने गाडीहरुलाई पनि रुट तोकी रुट अनुसारको गाडी चालाउनु पर्ने मापदण्ड बनाउने कार्य पनि भईरहेको छ । गाडीहरु व्यवस्थापनका लागि बस पार्क पनि जाँडै निर्माण गरिनेछ । गाडी चालकलाई पनि अनिर्वाय पोषाक प्रयोग गर्नु  पर्ने पर्छ।  ध्वानी प्रदुषण रोक्न सिरहा नगरपालिकाले डिजे साउण्ड पनि प्रतिवन्द गर्ने छ । पहिलो जस्तो निर्णय नभई निर्णय उल्घंन गर्नेलाई सामान जफत र जरिवाना दुवै सजाय हुनेछ ।

फोहर व्यवस्थापनका लागि नगरपालिकाले डम्पिंग साईड पनि बनाई सकेको छ । यस फोहरबाट आय आर्जनका लागि विशेष पलान्टेसन व्यवस्थापन कार्य पनि भईरहेको छ । शान्ति सुरक्षाका लागि चौक चौकमा सि.सि. क्यामरा जडान गरिनेछ।
नगरपालिकाले माडर बजार देखि भलुवाही पदमपुर सम्मका चौक चौकमा सार्वजनिक शौचालय निर्माण गर्ने छ । हाल निर्माण भईसकेको शौचालय एक हप्ता भित्र संचालनमा आउने प्रतिवद्धता गर्नु भयो । यादी नगरपालिकाले तोकिएका समय अवधिमा आफ्ना सामान नउठाए र छाडा छाडीएका जनवारलाई सडकबाट नहाटाए वरामद सामान र वस्तुका जरिवान कुनै पनि हालतमा छुट हुने छैन मेयर डा. यादबले नगरवासीलाई अनुरोध पनि गरे ।

बजार क्षेत्रमा छाड छाडीएका जनावरहरुलाई आजैबाट व्यवस्थित गरी राख्नु होला । नगरपालिकाबाट खटिएका टोलीले छाडा जनवार पक्राउ गरी ल्याए नगरपालिकाका कानून अनुसारका जरिवान तिर्नु पर्ने छ। उभोगक्ता मापदण्ड विपरित वस्तु विक्री गर्ने पासल सुरक्षाका लागि नगरपालिकामा दर्ता नभएका र दर्ता भएका पसलहरु जाँडै नवीकरण गर्न प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले व्यपारीहरुसँग अनुरोध गर्नु भयो । नगरपालिकाबाट खटिएका अनुगमन टोली गए कानून विपरित कुनै किसिमका कार्य देखे जरीवान तिर्नुृ पर्ने भएकाले यादबले सबै व्यपारीहरुलाई सर्त गराउँनु भयो ।

सिरहा नगरपालिका सिरहा बजारलाई सुन्दर तथा व्यवस्थित बनाउनका लागि ल्याएका निर्णयलाई सिरहा उधोग वाणिज्य संघले स्वागत गर्दै कार्यन्वयन गर्ने प्रतिवद्धता संघका अध्यक्ष प्रमोद पौदारले गर्नु भयो । सडक मापदण्डलाइृ पालना गर्ने र सरसफाईका लागि भएका निर्णय पालन सबै व्यपारीले गर्ने पौदारले बताए । यदि कुनै व्यपारीले निर्णय पालना नगरे करवाहीको भागिदारी हुनु पर्ने  पौदारले जोड दिए ।

285516408_592850732397394_8891674459121070104_n

 

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब