सिरहा, २४ जेष्ठ । सिरहा नगरपालिकामा संस्थागत र विषयगत समिति गठन गरिएको छ । पालिकाको काम करवाही व्यवस्थित पारदर्शी, मितव्ययी एवं जनहितमा केन्द्रित तथा स्थानीय सरकार सञ्चालन एने २०७४ मा व्यवस्था भएका बार्षिक योजना तर्जुमासँग सम्बन्धित संस्थागत संयन्त्रको रुपमा समिति एवं विषयगत समिति कार्यपालिकाबाट पारित गरी गठन गरिएको छ ।
कार्यपालिकाले आर्थिक विकास समितिका लागि तीन सदस्या समिति गठन भएका गरेका छन् । समितिमा रामदयाल यादब संयोजक, विनोद कुमार यादब र इन्दिरा देवी कर्ण दुई जना सदस्य रहेका छन् । त्यस्तै तीन सदस्य सामाजिक विकास समितिमा सुरेन्द्र मण्डल संयोजक, जिवछ नारायण यादब र हिरा देवी राय कुर्मी सदस्या रहेका छन् ।
पूर्वधार विकास समितिमा रामचन्द्र यादब संयोजक, मो. शमसाद र शोभा देवी यादब रहेका छन् । वन, वातावरण तथा विपद् व्यवस्थापन समितिमा जागेश्वर यादब संयोजक, रामवली मुखिया र तारा देवी सदा सदस्य रहेका छन् । सुशासन तथा संस्थागत विकास समितिमा विनोद कुमार कामती संयोजक, शैलेन्द्र कुमार यादब र रामकाशी देवी यादब सदस्या रहेका छन् । बजेट तथा कार्यक्रम तर्जुमा समितिमा बविता कुमारी साह संयोजक र विषयगत समितिका संयोजक रसदस्यहरु सबै सदस्या रहेका छन् । अनुगमन तथा सुपरिवेक्षण समितिमा बविता कुमारी साह संयोजक, प्रदिप कुमार मण्डल र तारदेवी सदा रहेको प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले जानकारी दिनु भयो ।
अब सबै समिति विस्तार भएसँगै नगरपालिकाको सम्पूर्ण कार्यक्रम गति लिने यादबले बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved