भारतमा १६ औँ राष्ट्रपति छान्न जुलाई १८ मा चुनाव हुने

  • जेठ २७, २०७९ | ४८० पटक पढिएको | सीमा संदेश
alt

भारतमा १६ औँ राष्ट्रपति चयनका लागि यही जुलाई १८ मा चुनाव हुने भएको छ । त्यसको मतगणना भने जुलाई २१ देखि मात्रै हुने निर्वाचन आयोगले बिहीवार जानकारी दिएको छ । 

प्रमुख निर्वाचन आयुक्त राजिव कुमारले पत्रकार सम्मेलनमा भन्नुभयो, नयाँ राष्ट्रपति चयनका लागि प्रक्रिया सुरु भइसकेको छ । वर्तमान राष्ट्रपतिको कार्यकाल नसकिँदै नयाँ राष्ट्रपति निर्वाचित भइसक्नुहुनेछ । 

भारतका वर्तमान राष्ट्रपति रामनाथ कोभिन्दको कार्यकाल यही जुलाई २४ मा सकिने भएकाले नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुन लागेको हो ।  

राष्ट्रपति चयनका लागि एक सांसदको मतभार सात सय हुने संवैधानिक व्यवस्था रहेको छ । मतदाता अन्तर्गत पर्ने व्यक्ति निलम्बित भएको वा कारागारमा छन् भने उनीहरूलाई प्रक्रिया पूरा गरेर मतदानमा सहभागी गराइने व्यवस्था छ ।

राष्ट्रपतिका लागि उम्मेदवारी दर्ता यही जुन २९ मा गर्नुपर्ने गरी चुनाव तालिका बनाइएको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भने जुलाई २ मा मात्रै हुने भएको छ ।

अहिले सन् २०२२ मा राष्ट्रपति चुनावका लागि चार हजार आठ सय नाै 'इलेक्ट्रोरल' मत रहेको र उनीहरूलाई कुनै राजनीतिक दलले 'ह्विप' जारी गर्न नसक्ने पनि प्रमुख आयुक्त कुमारले जानकारी दिनुभयो ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब