सिरहा, २७ जेष्ठ। इलाका प्रहरी कार्यालय गोलबजारले प्रतिवन्धत लागुऔषध सहित एक युवकलाई नियन्त्रणमा लिएको छ। विशेगा सुचनाको आधारमा गोलबजार नपा २ लालपुरबाट कल्याणपुर नपा १० का ३० वर्षिय नरेश मण्डललाई नाइट्रोभेट १० नामक लागुऔषध सहित पक्राउ गरेको हो।
विक्रि गर्ने उदेश्य सहित ल्याउको भन्ने विशेष सुचनाको आधाारमा मण्डलसम्म प्रहरी पुगेको बताइएको छ। उनको साथबाट नाइट्रोभेट १० नामक प्रतिबन्धित लागु औषध ९ सय थान ट्यावलेट सहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर राजु केसीले जानकारी दिए।
मण्डल कारोबारी रहेको भन्ने अहिलेसम्मको सुचनाले देखाएपनि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved