विना अनुमती विद्यार्थीको भविष्यसँग खेल्दै किडस् केयर एकेडमी सिरहा

  • जेठ ३०, २०७९ | १,९८१ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहा -७ थाना चौकमा संचालनमा रहेको किड्स केयर एकेडमी स्कुलले विना अनुमती विद्यार्थीहरुका भविष्यसँगै खेलवाड गरिरहेका छन् । १ सय भन्दा बढी विद्यार्थीहरुका भविष्यलाई कुनै प्रभाह नै नगरी अभिभावकहरुलाई अन्यौलमा राखी विद्याथीहरुलाई पठन पाठन गराईरहेका छन् ।

चालू शैक्षिक शत्रबाट विद्यालय संचालन सुरु गरेका एकेडमीलाई पठन पाठन गराउँन पाउने अनुमती नै छैन् । अभिभावक र घरभाडा लिइएका घरपट्टीलाई कम्पनीमा दर्ता छ त कहिले नगरपालिकामा दर्ता छ भने भनी ढाटी विद्यालय संचालनमा ल्याएको भाडावाला देवेन्द्र प्रसाद साहले बताए ।

२ लाख ५० हजार एडभान्स तिरी महिनाको रु. ३२ हजार भाडा तिर्ने शर्तमा घर भाडा लिई विनिन्न सेवा सुविधा जडान गर्नु पर्ने हतार देखाई संचालक प्रमोद कुमार यादले पछि फेरि सम्झौता गर्ने गरी ढाटेर मसँग रु. १० हजार उल्लेख गरी सम्झौता गरे । तर बारम्वार तागेदा गरेपनि भनेको रकम अनुसार सम्झौता गर्न नमानेपछि स्कुल दर्ता खोजदाँ दर्ता नभएको र मालाई ज्यान मार्ने धमकी सम्म दिईको साहले बताए ।

विना अनुमती अभिभावक र स्वयं मालाई ढाटी विद्यार्थीहरुका भविष्य समाप्त पर्ने गरी अनैतिक कार्यमा लागेको विद्यालयको घर खाली गराउने र आवश्यक करवाहीका लागि नगरपालिकामा उजुरी गरको र जाँडै करवाही हुने विश्वास रहेको साहले बताए ।

विद्यालय दर्ता प्रक्रियामा मात्र रहेको सिरहा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताउनु भयो । दर्ता नगराई कसरी संचालन गरियो भने विषयमा शिक्षा शाखा स्रोत व्यक्तिसँग आजै जानकारी लिन्छौँ । नगरपालिका भित्र अनुमती विना संचालनमा रहेको यि यस्ता विद्यालयहरुलाई चाँडै अनुगमन गरी विद्यार्थीहरुका भविष्य सुश्चित गरी करवाहीको दायरामा ल्यउँछौँ यादबले सीमा संदेशलाई बताउनु भयो ।

किडस् केयर एकेडमी अंग्रेजी विद्यालयका तिन जना संचालन रहेका छन् । हाल अभिभावकहरुलाई थाहा नहुने गरी विल तथा सबै कागजात फर्जि बनाई संचालन गरिहेको छ । विद्यार्थीहरुका भविष्यलाई रक्षा गर्न सम्बन्धी सबै सरोकारवालाहरुका ध्यन जान जरुरी रहेको छ ।

287783398_1061090411451340_7843533693530069183_n

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब