झण्डै एक करोड नेपाली रुपैयाँसहित दुईजना पक्राउ

  • असार २१, २०७९ | ४७६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा ।  धनुषाबाट स्रोत नखुलेको ८३ लाख भन्दा बढी रकम सहित दुईजना पक्राउ परेका छन् ।

धनुषाको जनकनन्दनी गाँउपालिका ५ उदाह बस्ने ३६ वर्षीय ईश्वर मण्डल र १९ वर्षीय राजेश मण्डललाई स्र्रोत नखुलेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ सहित नियन्त्तणमा लिएको सशस्त्र प्रहरी बल नेपाल नं. ८ गणले जनाएको छ ।

मंंगलबार दिउँसो जनकनन्दनी १ ईनर्वा चेक प्वाईन्टको सीमा ईलाकामा आलुको बोरामा ल्याउदै गरेको ८३ लाख ६४ हजार ५ सय रुपैयाँ बरामद गरिएको छ ।

सशस्त्र प्रहरी प्रहरी निरीक्षक शम्भु कटुवालको कमाण्डमा खटेको प्रहरी टोलीले भारतबाट ज ७ प ५००७ नम्बरको मोटरसाइकलमा आलुको बोरामा राखेर आइरहेकामा शंकाको आधारमा चेकजाँच गर्दा स्रोत नखुलेको रकम बरामद भएको हो ।

आवश्यक अनुसन्धान तथा कारवाहीको लागि दुबैजनालाई नगद र मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालय जनकपुरमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएके छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब