हिरोइन बनाइदिने प्रलोभनमा १५ वर्षीय बालिकालाई ३० हजारमा बेच्ने २ जना पक्राउ

  • असार २६, २०७९ | ४९१ पटक पढिएको | सीमा संदेश

वीरगंज, २५ असार। भोजपुरी चलचित्रमा हिरोइन बनाइदिने प्रलोभन देखाएर १५ वर्षीय बालिकालाई भारत लगेर बेच्ने एक भारतीयसहित २ जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको गौर नगरपालिका २ घर भइ हाल वीरगंज महानगरपालिका १६ बस्दै आएकी ४० वर्षीय चमेली देवी र भारतको विहार राज्यस्थित सीतामढी जिल्लाको बासपट्टी पचरा बस्ने २२ वर्षीय रोशन तिवारी रहेका छन्।

भारतमा बेचिएकी बालिकाले दिएको बयानको आधारमा चमेली र रोशन परेका हुन्।

चमेली र रोशनले बालिकालाई गत वर्ष माघ महिनामा भोजपुरी फिल्ममा हिरोइन बनाइदिने प्रलोभन देखाएर भारतको विहार राज्यस्थति पूर्वी चम्पारणको झिटकैया गाउँमा लगेर बेचेको प्रहरीले जनाएको छ। उनीहरुले बालिकालाई एक भारतीय नागरिकसँग ३० हजार रुपैयाँमा विक्री गरेको प्रहरी अनुसन्धानमा खुलेको छ।

बालिकालाई खरिद गरेका भारतीय नागरिकले उनिसँग विभिन्न वैवाहिक र अन्य कार्यक्रमहरुमा अश्लिल नृत्य गर्न लगाएको र मानसिक यातनासमेत दिन लगाएको प्रहरीले जनाएको छ। बेचिएको लगभग ५ महिना पछि त्यहाँबाट मौका छोपी फरार भएर घरमा आएकी हुन्।

भारतबाट नेपाल फर्केर आफ्नो अभिभावकको सम्पर्कमा आएकी बालिकालाई प्रहरीले सोधपुछ र काउन्सिलिङ गरेपछि उनले आफूसँग भएको घटनाको बारेमा बताइएको प्रहरीले जनाएको छ। बालिकाका अनुसार चमेली र रोशनसँग उनको एक वर्ष अगाडि चिनजान भएको थियो। भोजपुरी फिल्ममा हिरोइन बनाइदिने प्रलोभन देखाएर उनीहरुले बालिकालाई भारत लगेर बेचेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) प्रह्लाद कार्कीले बताए।

बालिकाको बयानको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिहिबार चमेली र रोशनलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बाट नियन्त्रणमा लिएको डिएसपी कार्कीले जानकारी दिए । बालिकालाई भारतमा खरिद गरेका व्यक्ति भने फरार रहेका छन्। भारतीय प्रहरीसँगको समन्वयमा उनको खोजी कार्य भइरहेको कार्कीले बताए।

पक्राउ परेका दुवैमाथि प्रहरीले मानव बेचबिखन तथा ओसारपसार कसूरमा मुद्दा चलाएर पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप गराई अनुसन्धान अगाडि बढाएको छ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब