श्रीलङ्काका राष्ट्रपति राजापाक्षे भागेर माल्दिभ्समा

  • असार २९, २०७९ | ४४१ पटक पढिएको | सीमा संदेश

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स पुग्नुभएको छ । उहाँ र उहाँकी श्रीमती श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुग्नुभएको हो । उहाँले औपचारिक रूपमा राजीनामा दिनुअघि नै देश छाडेको उच्च सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । 

राष्ट्रपति गोटाबायाले आजदेखि नै लागू हुने गरी पदबाट राजीनामा दिनुभएको छ । संसदले राष्ट्रपतिको राजीनामा आज सार्वजनिक रूपमा घोषणा गर्ने तयारी छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनुहुनेछ । संसदबाट नयाँ राष्ट्रपति चयन नभएसम्म उहाँले शासन सञ्चालन गर्नुहुनेछ । 

यसअघि प्रधानमन्त्री विक्रमासिङ्घेले पनि पदबाट राजीनामा दिने घोषणा गर्नुभएको थियो । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले पदबाट राजीनामा नदिएसम्म बाहिर ननिस्कने अडान राखेका छन् ।

सभामुखले आउँदो साउन ४ गते संवैधानिक प्रावधानअनुसार नयाँ राष्ट्रपति चयन गर्ने निर्णय गरिएको जानकारी राजनीतिक दलका नेताहरूलाई गराउनुभएको छ । त्यहाँ राष्ट्रपति पदका लागि साउन ३ गते उम्मेदवारी मनोनयन गरिनेछ । श्रीलङ्काले केही महिनायता आर्थिक सङ्कटको सामना गरिरहेको छ ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब