काठमाडौं । अन्ततः जनता समाजवादी पार्टी (जसपा) दोस्रोपटक विधिवत रुपमा फुट्ने भएको छ ।
जसपाको संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र उनीनिकट नेताहरु नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन् ।
‘अब हामी नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका छौं’, जसपाका कार्यकारिणी समितिका सदस्य प्रशान्त सिंहले भने, ‘उपेन्द्र यादवले स्वयं संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईलाई नै कारबाही गर्नुहुन्छ भने उहाँसित सँगै बस्ने सबै विकल्प समाप्त भएका छन् । ‘
काठमाडौंमा बसेको जसपाको विस्तारित केन्द्रीय समितिको बैठकपछि आफूहरु यस्तो निष्कर्षमा पुगेको उनले बताए । पार्टीको नाम, चुनाव चिह्न, झण्डा र घोषणापत्रबारे शुक्रबारबाट गम्भीर छलफल सुरु हुने नेता सिंहले बताए ।
भट्टराईलाई हटाएर जसपा अध्यक्ष उपेन्द्र यादवले संघीय परिषद्को अध्यक्ष अशोक राइलाई बनाएका छन् । त्यसको केहि घण्टा अगाडी रेणु यादव पार्टीको सबै जिम्मेवारी परित्याग गरेको घोषणा गरेकी थिइन् ।
मन्त्रीबाट हटाएको झोकमै पार्टीको सबै जिम्मेवारी परित्याग गरेकी रेणु यादव अब के गर्ने प्रष्ट पारेकी छैन् । उनी बाबुराम भट्टराईले गठन गर्ने पार्टीमा जान सक्ने स्रोतले जनाएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved