सिरहा । शिक्षकहरुका प्रविधिमा पहुँचका लागि श्री चन्द्र नमूना प्राविधिक धार माध्यमिक विद्यालय सिरहाले ल्यापटप र व्यग वितरण गरको छ । विश्व प्रविधि मैत्री भईरहेको वेला विद्यालयलाई पनि प्राविधि मैत्री बनाउनु पर्ने आवश्यकतालाई ध्यानमा राखि ल्यापटप वितरण गरिएको प्रध्यानाअध्यापक मधु सुदन कर्णले बताउनु भयो ।
आजको आवश्यकता नै प्राविधिक य्ुक्त जनशक्तिका छन । यससँग हामी सबैलाई ढालन जरुरी छन् । कोरोना महामारीको वेला शिक्षा क्षेत्रमा देखिएका चुनौतीले हरेक व्यक्तिलाई प्राविधिक ज्ञान र सीप हुन जरुरी रहेको कुरा सबैलाई शिख दिएको छ।
प्रविधि मैत्री विधालय बनाउन शिक्षकलाई प्राविधि पहुँचमा जोडनका लागि विद्यालय नमूना कार्यक्रम अन्तर्गतबाट माध्यमिक तहका शिक्षकलाई ल्यापटप र व्यग वितरण गरिएका छन् । अब माध्यमिक तहका विद्यार्थीहरुले भौतिक उपस्थितिमा अथवा अनलाईन माध्यमबाट पनि घर बसि-बसी आफ्ना कक्षामा पढाएका विभिन्न विषयहरुका बारेमा पढन पाउँछन । शिक्षकहरुले कक्षा कोठामा पढाएका विषय वस्तु तथा थप जानकारी विद्यालयको वेवसाईटमा राख्ने कार्य पनि व्यवस्थित गरिने छन् । दोस्रो चरणमा बाँकी शिक्षकहरुलाई पनि ल्यापटप उपलब्ध गराउने कर्ण बताउनु भयो ।
पहिलो चरणमा माध्यमिक तहका १५ जना शिक्षकलाई ल्यापटप उपलब्ध गराएका छन् भने ७० जना शिक्षकलाई व्यग वितरण गरेका छन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved