मेयरको सम्पत्ति १५ तोला सुन

  • साउन १०, २०७९ | ३६५ पटक पढिएको | सीमा संदेश
alt

हेटौंडा । गठबन्धनबाट विजयी बनेकी हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामाले सम्पती विवरण सार्वजनिक गर्नुभएको छ । ५ वर्ष उपमहानगर उपप्रमुखको जिम्मेवारीपछि मेयरको जिम्मेवारीमा रहनुभएकी लामाले सार्वजनिक गर्नुभएको सम्पती विवरणमा १५ तोला सुन, २० तोला चा“दी र पारिश्रमिकबाहेक २० हजार बैंक मौज्दात रहेको उल्लेख छ ।

नेकपा (एकीकृत समाजवादी) की लामाले पारिश्रमिकवापत् पाउने ४० हजार रुपियाँ कृषि विकास बैकमा रहेको जनाउनुभएको छ । सार्वजनिक सम्पती विवरणमा अन्य कुनै कारोबारमा आफू संलग्न नभएको जनाएकी गराइएको छ ।

उहाँले सार्वजनिक गरेको विवरणमा ससुरा कान्छा लामाको नाममा हेटौंडा–१, चाइनाक्वार्टरमा ११ धुर र ११ रोपनी जमिन, सासु सानुमैयाको नाममा सवा १० धुर र सवा ६ धुर जमिन रहेको उल्लेख छ ।

पति सुनबहादुर लामाको नाममा कृषि विकास बैंकमा ४० लाख ऋण छ भने ४० लाख बराबरको ट्यांकर, छोरा सुमित लामाको नाममा २ लाख ५० हजार बराबरको एउटा मोटरसाइकल रहेको उल्लेख छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब