कक्षा १२ को परीक्षाफल १० दिनभित्र

  • भदौ ६, २०७९ | ४६८ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल १० दिनभित्र अर्थात् भदौको दोस्रो साता प्रकाशन गर्ने भएको छ ।

विद्यालय तहको अन्तिम परीक्षाको रूपमा हेरिएको सो परीक्षाको परीक्षाफल सकभर दोस्रो सातामा नभए १५ गतेभित्र प्रकाशित गर्ने बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले नेपाल समाचारपत्रलाई बताउनुभयो ।
बोर्डले जेठको १६ गतेदेखि परीक्षा शुरू भएको कक्षा १२ को प्रश्न परीक्षण सकेर त्यसपछिको काम शुरू भइरहेको जनाएको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले अब हाजिरी रुजु, मार्जिनल नम्बर राखेर रुजु गर्नेलगायतका काम बाँकी रहेको जानकारी दिँदै भन्नुभयो– ‘अबको १० दिनभित्र परीक्षाफल प्रकाशित गर्ने गरी तयारी थालेका छाैं, सकेसम्म दोस्रो साताको अन्तिमतिर नभए १५ गतेभित्र परीक्षाफल प्रकाशित हुनेछ ।’ अधिकांश विद्यालयले मनोमानी रूपमा आन्तरिक परीक्षाको अंक दिएको र केहीले अर्कै विषयमा नम्बर दिएको कारण आन्तरिक मूल्याङ्कन नम्बर चढाउन समस्या भएको जिकिर गर्दै बोर्डका एक कर्मचारीले भने– ‘त्यसो नभएको भए पहिलो सातामै परीक्षाफल प्रकाशित गर्ने तयारी थियो ।’

गत वर्ष कक्षा १२ को परीक्षाफल कात्तिकमा प्रकाशित भएको थियो । त्यतिबेला होम सेन्टरबाट परीक्षा दिने व्यवस्था थियो ।बोर्डले लेटर ग्रेडिङअनुसारको परीक्षाफल प्रकाशित गरे पनि यो वर्ष ननग्रेडिङसमेत हुने भएको छ । ननग्रेडिङ ल्याउने विद्यार्थीले पुनः परीक्षा दिनुपर्नेछ ।परीक्षामा कुनै विषयमा ३५ प्रतिशतभन्दा कम अंक आएमा त्यसलाई ग्रेड दिइँदैन र ननग्रेडिङ दिइने व्यवस्था छ । गत वर्ष उत्तीर्ण विद्यार्थीका लागि १२ कक्षा ननग्रेडिङ वा ३५ प्रतिशतभन्दा कम अंक ल्याउने व्यवस्था थिएन ।

गत वर्षबाट कक्षा १२ मा नयाँ पाठ्यक्रम लागु भएको थियो । सोही आधारमा यो वर्षको परीक्षामा ननग्रेडेड राखिएको हो । ‘डी’ भन्दा मुनि ‘एनजी’ वा ‘ननग्रेडेड’ अंक ल्याउनेलाई लब्धाङपत्र दिइँदैन । परीक्षा नियन्त्रक शर्माले दुई विषयसम्म एनजी आएमा ग्रेड वृद्धिका लागि डेढ महिनाभित्र पूरक परीक्षा दिने व्यवस्था हुने जानकारी दिनुभयो ।

मौका परीक्षा दिँदा कम्तीमा एउटामा एनजी कटाएमा अर्को वर्षको वार्षिक परीक्षामा बाँकी एउटा मात्र विषयमा जाँच दिन पाइन्छ । तर, त्यो बेला पनि फेरि एनजी आयो भने अर्को वर्ष पूरै विषयको विषयको परीक्षा दिनुपर्ने व्यवस्था लागु गरिएको छ ।

बोर्डले यो वर्षबाट लागु गरेको अक्षराङ्क कार्यविधि–२०७८ अनुसार सैद्धान्तिक परीक्षामा ३५ र प्रयोगात्मकमा ४० प्रतिशत अंक ल्याउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । गत वर्षसम्म विद्यार्थीले पाएको अंकलाई ९ समूहमा विभाजन गरिएको थियो । यो वर्षदेखि ८ समूह रहने कार्यविधिमा उल्लेख छ । कार्यविधिमा ‘डी’ प्लस र ‘ई’ समूह हटाइएको छ । ‘ए’ प्लसदेखि ‘सी’ सम्म १० अंकको फरक गरिएको छ । ‘डी’ मा ५ अंकको फरक उल्लेख छ । गएको वर्ष ‘ए’ प्लसदेखि ‘ई’ सम्म १० अंक फरक थियो ।

यो वर्ष ४ लाख १० हजार विद्यार्थीले कक्षा १२ को परीक्षा दिएका छन् । कक्षा १२ मा अनिवार्य ३ सहित ६ विषय छन् । तर। विद्यार्थीले चाहेमा थप एक विषयसमेत गरी ७ विषयमा परीक्षा दिन पाउँछन् । परीक्षा नियन्त्रक शर्माका अनुसार सबै विषयमा प्रयोगात्मक परीक्षा हुनेछ । पनिकाले लब्धाङपत्रमा प्रयोगात्मक र सैद्धान्तिक परीक्षाको अंक जोडेर ग्रेड प्वाइन्ट एभरेज (जीपीए) उल्लेख गर्नेछ । ननग्रेडेड अंकभार ल्याएका विद्यार्थीले स्वदेशमा रहेका विदेशी बोर्डसम्बद्ध शिक्षण संस्था र अन्य मुलुकमा गई कुनै पनि बोर्डमा भर्ना भएर माथिल्लो तहमा अध्ययन गर्न पाउने छैनन् ।

सुनसरी घटनाको असर : धनगढीमाई र गोलबजारमा पूर्वपश्च

सिरहा । सिरहाको धनगढीमाई र गोलबजार स्थित पूर्व पश्चिम र ...

गोलबजारमा सुनसरी घटनाको विरोधमा प्रदर्शन

सिरहा।सुनसरीको देवानगञ्ज गाउँपालिका ३, कप्तानगञ्जमा प्र ...

देवानगञ्जमा सुरक्षा व्यवस्था कडा : सद्भाव कायम राख

कोशी प्रदेशको सुनसरीमा दुई समुदायबीच भएको झडपपछ उत्पन्न ...

साउन १२ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन १२ गते । मंगलबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब