शैक्षिक क्रियाकलापमा हुने प्रतिस्पर्धाले विद्यार्थीमा चौतर्फी विकास हुन्छ : प्रमुख प्रशासकीय अधिकृत यादब

  • असोज १५, २०७९ | ७८० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १५ असोज । शैक्षिक क्रियाकलापमा हुने प्रतिस्पर्धाले विद्यार्थीमा चौतर्फी विकास हुने सिरहा नगरपालिका प्रमुख प्रशासकीय प्रमुख बलिराम यादबले सिरहा नगरपालिका वडा नं. ६ मा आयोजित हाजरी जवाफ प्रतियोगिता कार्याक्रमको संवोधनमा बताउनु भयो ।

प्रतिस्पर्धाले विद्यार्थीहरुका आफ्ना स्तर मुल्यांकन गराउँछ भने पढाइ प्रति थप जिम्मेवार बनाउँछ । हजारी जवाफ जस्ता प्रतियोगिताले विद्यार्थीलाई सबै क्षेत्रका ज्ञान प्रदान गर्छ । यस्ता प्रतियोगितामा भाग लिने विद्यार्थीका देशका सम्पूर्ण सेवा तथा क्षेत्रमा सहजै सहभागिता हुने सहयोग पुग्दछ । यस्ता प्रतिस्पर्धामा शैक्षिक क्रियाकलाप नगरपालिकाका सबै विद्यालयमा अनिर्वाय हुनु पर्ने यादबले जोड दिनु भयो ।

प्रमुख यादबले दशौँको शुभ उपलक्ष्यमा नगरवासी, देश तथा विदेशमा रहेका नेपालीहरुमा स्ुख समृद्धि तथा उत्तरउत्तोर प्रगतीको मंगलम्य शुभकामना पनि दिनु भयो ।

हाजरी जवफ प्रतियोगितामा सिरहा नगरपालिका भरीका निजी, संसथागत तथा सामुदायिक विद्यालयहरुका विद्यार्थी बिच भएको प्रतिस्पर्धामा श्री चन्द्र माध्यमिक विद्यालय सिरहा-१ का विद्यार्थी प्रथम विजय भएका छन् । प्रथम भएका विद्यार्थीहरुलाई रु. १५ हजार नगद, ट्फि र मेडलबाट पुरस्कृत गरिएका छन् ।

त्यसैगरी दोस्रो विजयिता मानिंग पल एकेडमी आंग्रेजि स्कुललाई रु. १० हजार नगद र तेस्रो विजयिता माउन्ट एभरेष्ट एकेडमी आंग्रेजि स्कुललाई रु.५ हजार नगद सहित ट्फी मेडल प्रदन गरिएको छ । कार्याक्रममो ८ देखि १२ कक्षा सम्मका १ जना छात्र र २ जना छात्रालाई सहभागिता गराएका थिए । 

त्यसैगरी वडा नं. ६ का कान्छा युवा वडा अध्यक्ष इ्रन्द्रजित यादब गोठियाँले निर्वाचित भएपछि वडावसीसँग गरिएको प्रतिवद्धता अनुसार एस.ई. ई. परीक्षामा वडामै सब भन्दा बढी अंक प्राप्त गर्ने एक जना छात्र. र एक जना छात्रालाई रु. ११ हजार नगद प्रादन गरी माध्यमिक शिक्षाका लागि सहयोग गरेको छ ।

शैक्षिक सेवाबाट अवकास प्राप्त गरेका शिक्षकहरुलाई पनि समान गरेका छन् । अवकाश प्राप्त शिक्षकलाई समान गर्दै वडा भरीका शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन सबै वडावासी जिम्मेवार पूर्ण भुमिकामा आउन वडा अध्यक्ष यादबले अनुरोध गर्नु भयो । 

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब