सिराहामा ढल्यो जसपाको खम्बा, पूर्व राज्य मन्त्री देखि नगर सम्मका नेता कार्यकर्ताहरुद्वारा सामुहिक राजिनामा

  • असोज १९, २०७९ | ५३० पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १९ असोज । सिराहामा खम्बाको रुपमा परिचीत जनता समाजवादी पार्टी (जसपा), नेपालको केन्द्रिय सदस्य सहितका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएको छ । जसपा नेपालका संविधान सभा सदस्य तथा पूर्व राज्य मन्त्री शत्रुधन प्रसाद सिँह, केन्द्रिय परिसद सदस्य रामचलितर साह र प्रदेश सदस्य मनोज सिंह,लगायतका नेता तथा कार्यकर्ताहरुले हिजो ( सोमबार ) चोहर्वामा एक कार्यक्रम गरि पार्टीबाट सामुहिक राजिनामा दिएको हो ।

जसपा पार्टी परित्याग गर्नुको मुख्य कारण पार्टीको नेतृत्व कर्तानै बिधि विधान अनुसार नगएर जसपा पार्टी प्राइभेट लिमिटेड पार्टीको रुपमा स्थापना भैरहेकोले सामुहिक राजिनामा दिएको जसपा नेपालका केन्द्रिय परिसद सदस्य रामचलितर साहले जनाए । उनले भने ‘ जसपाका नेताहरूले पार्टीलाई आफनै विरासत सम्झिनेगरेकोले आफुहरु बाध्य भएर राजिनामा गर्नुपरेको बताए । उनले थपे ‘ बिकास निर्माणकै कुरा गर्दा जसपा पार्टीले ३ वर्ष केन्द्र सरकार र पाँच वर्ष प्रदेश सरकार चलायो तर बिकास निर्माणको काममा सिराहा सुन्य रहेको उनले दुख व्यक्त गरे ।

मधेसवादीको स्थापना भएको बेला बिभेदलाई अन्त गर्नका लागि जसपा पार्टी स्थापना त भयो तर पार्टीले मुख्य एजेन्डा हरु छोडेर जानथालेपछि आफुहरु पार्टी परित्याग गर्न बाध्य भएको मधेश प्रदेश सदस्य मनोज कुमार सिंहले बताए। उनले भने,जसपा पार्टी तानासाही पार्टी रहेकोले हामि लगायत हजारौको संख्यामा जिल्ला भरिका १७ वटै स्थानिय तहका कार्यकर्ताहरुले पार्टी परित्याग गरेको बताए।

जसपा नेपालका संघीय परिषद सदस्य राम चलितर साह , प्रदेश सदस्य मनोज सिंह ,प्रदेश सदस्य विना शर्मा ,गोलबजार नगर सचिव ज्ञान कुमार सिंह , वरिष्ठ उपाध्यक्ष बोनोद राई र वरिष्ठ राजनितीज्ञ राम आशिष राई लगायतका नेता तथा कार्यकर्ताहरुले सामुहिक राजिनामा दिएका हुन् ।

सामुहिक राजिनामा गरिएका जसपा नेपालका नेता तथा कार्यकर्ताहरु नेकपा एमालेमा पार्टी प्रवेश गर्ने स्रोतको दावी छ । जसपाका मधेश प्रदेश सदस्य मनोज कुमार सिंह अघिल्लो निर्वाचनमा क्षेत्र न:-३`क´ बाट प्रदेश सभा सदस्य र ,दोस्रोपटकको स्थानिय तह निर्वाचनमा नगर प्रमुखको प्रत्याशी रहेको थियो । सिंहलाई मङ्सिर ४ गतेहुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा एमालेले प्रदेश ३ `क´को लागि टिकेट दिनेभएकोले जसपा परित्याग गरि एमाले प्रवेश गर्ने स्रोतले दावी गरेको छ ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब