‘क्लिक केमेस्ट्री’मा योगदान गर्ने तीन रसायनशास्त्रीलाई नोबेल पुरस्कार

  • असोज २०, २०७९ | ३७२ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । संयुक्त राज्य अमेरिका दुई र डेनमार्कका एक रसायनशास्त्रीले ‘क्लिक केमेस्ट्री’का लागि गरेको योगदानका लागि यस वर्षको नोबेल पुरस्कार प्राप्त गरेका छन् ।

अमेरिकी क्यारोलिन बर्टोजी र ब्यारी शार्पलेस तथा डेनमार्कका मोर्टेन मेल्डललाई ‘क्लिक केमेस्ट्री र बायोओर्थोगोनल केमेस्ट्री’को विकासका लागि सम्मान गरिएको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार समितिले बुधबार जनाएको छ ।

यस वर्ष हालसम्म नोबेल पुरस्कार विजेता सात वैज्ञानिकमध्ये बर्तोजी एक मात्र महिला वैज्ञानिक हुन् । पुरस्कारको इतिहासमा विशेष गरी विज्ञान विषयहरूमा महिलाहरूको प्रतिनिधित्व निकै कम हुने गर्छ ।

तीनजना विजेताले एक करोड स्विडिश क्रोना अर्थात् ८ लाख पाउन्ड बराबरको पुरस्कार रकम बाँडेर लिनेछन् । गत वर्षको पुरस्कार दुईजना रसायनशास्त्रीले संयुक्त रूपमा प्राप्त गरेका थिए ।

सन् २००१ मा रसायनशास्त्रमा नोबेल पुरस्कार जितेका ८१ वर्षीय शार्पलेसका लागि यो दोस्रो नोबेल पुरस्कार हो । सन् १९०३ मा पहिलो पटक भौतिकशास्त्रको पुरस्कार जितेपछि सन् १९११ मा रसायनशास्त्रको पुरस्कार जितेकी पोल्याण्डमा जन्मिएकी फ्रान्सेली महिला मेरी क्युरीसहित अन्य चार जनाले मात्र दुई पटक नोबेल पुरस्कार जितेका छन् ।

सन् १९५४ मा रसायनशास्त्र र सन् १९६२ मा शान्तिका लागि अमेरिकी लिनस पाउलिङले अवार्ड जितेका थिए । अमेरिकाका जोन बर्डिनले सन् १९५६ र १९७२ मा भौतिकशास्त्रको पुरस्कार जितेका थिए भने बेलायतका फ्रेडरिक सेङ्गरले सन् १९५८ र १९८० मा रसायनशास्त्रको पुरस्कार जितेका थिए ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब