सत्ता गठबन्धनकै दुई दलबीच प्रतिस्पर्धा, महतो र यादव आमने–सामने

  • असोज २३, २०७९ | ३०६ पटक पढिएको | सीमा संदेश
alt

सर्लाही । सर्लाहीको क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनकै दुई दलबीच प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनभित्रकै नेपाल समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच प्रतिस्पर्धा हुने भएको हो ।

प्रतिस्पर्धामा उत्रिएका दुवै दलले मित्रवत् प्रतिस्पर्धा गर्ने जनाएका छन् । नेपाल समाजवादीका तर्फबाट निवर्तमान संसद् महेन्द्र राय यादव तथा लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो आपसमा प्रतिस्पर्धा गर्नका लागि मनोयन दर्ता गराउँदै छन् ।

यादव र महतो दुवैले आफ्नो पकडको क्षेत्र रहेको दाबी गर्दै क्षेत्र छाड्न चाहेनन्, जसले गर्दा उनीहरू दुवै आपसमा प्रतिस्पर्धा गर्न तयार भएका हुन् ।

०७० सालको निर्वाचनमा पनि यी दुवै नेता सोही क्षेत्रबाट उम्मेदवार बनेका थिए । तर‚ त्यसबेला यादवले महतोलाई पराजित गर्दै निर्वाचित भएका थिए । ०७४ को चुनावमा भने महतोले धनुषाबाट चुनाव लडे ।

यस पटकको चुनावमा यी दुवै नेता फेरि आमनेसामने भएका हुन् । एकै क्षेत्रबाट निर्वाचनमा होमिने तयारी गरेका दुवै नेतानिकट कार्यकर्ताहरूले आफूहरूले जित्ने दाबी गरिरहेका छन् ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब