मधेस प्रदेशका कुन मन्त्रीले कहाँबाट दिँदै छन् उमेदवारी ?

  • असोज २३, २०७९ | ३५८ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले पर्सा निर्वाचन क्षेत्र–१ को ‘ख’बाट उमेदवारी दिने तयारी गरेका छन् । आसन्न निर्वाचनका लागि उनले जनता समाजवादी पार्टी (जसपा)बाट उमेदवारी दिने तयारी गरेका हुन् । उनी ०७४ को निर्वाचन पनि सोही क्षेत्रबाट तत्कालीन संघीय समाजवादी फोरमबाट विजयी भएका थिए ।

सो क्षेत्रबाट प्रतिनिधिसभातर्फ पनि जसपाकै प्रदीप यादवले उमेदवारी दिने तयारी छ । यादव अहिले केन्द्रमा वनमन्त्री छन् ।

यस्तै, प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले धनुषा–३ को ‘क’बाट उमेदवारी दिने तयारी छ । उनी सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसको कोटामा उमेदवार हुन लागेका हुन् ।

सो क्षेत्र प्रतिनिधिसभातर्फ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को भागमा परेको छ । लोसपाले यहाँ अनिल झालाई उमेदवार बनाउने निर्णय गरेको छ । ०७४ मा यो क्षेत्रमा तत्कालीन राजपाबाट राजेन्द्र महतो निर्वाचित भएका थिए ।

मधेसका भूमि व्यवस्था तथा कृषि सहकारीमन्त्री विजयकुमार यादव सिरहा–२ ‘ख’बाट र राज्यमन्त्री योगेन्द्र यादव रौतहट–१ ‘ख’बाट उमेदवार बन्न लागेको बताइएको छ । यादवद्वयले जसपाका तर्फबाट उमेदवारी दिन लागेका हुन् । उनीहरू नेकपा (एमाले)–जसपा गठबन्धनका साझा उमेदवार हुनेछन् ।

यसैगरी, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुघन महताले धनुषा–४ ‘ख’बाट उमेदवारी दिने तयारी छ । उनी नेकपा (एकीकृत समाजवादी)को कोटामा लोसपासहित पाँचदलीय गठबन्धनका साझा उमेदवार हुनेछन् ।

मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह नेकपा (माओवादी केन्द्र)को कोटामा महोत्तरी–१ को ‘ख’बाट उमेदवारी दिने तयारीमा छन् । पार्टीको जिल्ला र क्षेत्रीय कमिटीले भने उनको नाम महोत्तरीका चारै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको थियो । तर, अन्तिमममा उनले प्रदेशसभातर्फ उमेदवारी दिन लागेको हुन् ।

सो क्षेत्रबाट माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेल प्रतिनिधिसभातर्फ उमेदवार बन्ने निर्णय गरिएको छ ।

यस्तै, समाजिक विकासमन्त्री नवलकिशोर साह जसपाबाट सप्तरी–१ ‘ख’बाट, महिला, बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंह सर्लाही–४ ‘क’ बाट उमेदवारी दिने तयारीमा छन् ।

अर्थमन्त्री शैलेन्द्रप्रसाद साह यसअघि सप्तरी–२ ‘क’ बाट निर्वाचित भएका थिए । योपटक अहिलेसम्म उनको उमेदवारी तय हुन सकेको छैन ।

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ताबाट राजीनामा दिई दीपेन्द्र झा पनि निर्वाचनमा होमिएका छन् । उनी जसपाका तर्फबाट महोत्तरी–३ ‘क’बाट उमेदवार बन्न लागेका हुन् ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब