मोरङमा एमालेले दियो जसपालाई धोका

  • असोज २३, २०७९ | ४४२ पटक पढिएको | सीमा संदेश
alt

सत्तारुढ गठबन्धन छाडेर नेकपा एमालेसँग चुनावी तालमेल गरेको जनता समाजवादी पार्टीलाई नेकपा एमालेले धोका दिएको छ । एमालेले जसपाको भागमा परेको मोरङको २ वटा प्रदेशसभा निर्वाचन क्षेत्रमा आफ्नै उम्मेदवारी दिने भएको छ ।

मोरङका प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं। ५ तथा प्रदेशसभाको ४(२), ५ (२) र ६ (२) जसपालाई दिने र अन्य क्षेत्रमा जसपाले एमालेलाई सहयोग गर्ने सहमति दुई पार्टीबीच भएको थियो । तर, मोरङको क्षेत्र नं. ४(२) मा एमाले अध्यक्ष केपी ओलीले जीवन घिमिरेलाई उम्मेदवारी दर्ताको पत्र दिएका छन् भने ६ (२) मा परशुराम बस्नेतलाई पनि पत्र दिएका छन् ।

एमाले–जसपा गठबन्धनबाट ४ (२) मा सञ्जय सिंह र ६(२) बाट राजेन्द्र गुप्ता उम्मेदवार बन्ने तयारी थियो । तर, जसपाको उम्मेदवारी दर्ता नहुँदै एमालेबाट दुबै क्षेत्रमा उम्मेदवारी दर्ताको तयारी भएको छ । एमाले विराटनगर महानगर समितिका सदस्य सागर थापाले दुबै क्षेत्रको लागि एमालेकै उम्मेदवारको टिकट पार्टीले पठाएको जानकारी दिए । जसपासँग नयाँ समझदारी भएर टिकट आएको हुनसक्ने उनको भनाइ छ ।

उता मोरङको क्षेत्र नं. ५ (२) बाट उम्मेदवार बन्न लागेका जसपाका नेता जयराम यादवले भने भागबण्डा र सहमति अनुसार उम्मेदवार दर्ता हुनुपर्ने बताउँदै आफूहरु त्यसमा प्रतिबद्ध रहेको बताएका छन् । एमालेले सहमति विपरित उम्मेदवारी दिएमा त्यसबारे छलफल हुने उनको भनाइ छ । रातोपाटी

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब