जसपाका मन्त्रीहरुलाई हटाउने प्रधानमन्त्रीको तयारी, बोलाए गठबन्धनको बैठक

  • असोज २५, २०७९ | ३१६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का मन्त्रीहरूलाई हटाउने तयारी गरेका छन् । सीट बाँडफाँटमा असन्तुष्टि जनाउँदै गठबन्धन छाडेर जसपाले एमालेसँग चुनावी तालमेल गरेको थियो । जसको कारण प्रधानमन्त्री देउवाले जसपाका मन्त्रीहरुलाई सरकारबाट हटाउने तयारी गरेका हुन् ।

जसपाका मन्त्रीहरुबारे छलफल गर्न प्रधानमन्त्री देउवाले दिउँसो २ बजे बालुवाटारमा गठबन्धनको बैठक बोलाएका छन् । बैठकमा गठबन्धनबाहेकका बागी उम्मेदवारको विषयमा पनि छलफल हुने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रम देउवाले जसपाको मन्त्री हटाउने विषयमा निर्वाचन आचारसंहिता लागू भइसकेकाले कानून व्यवसायीसँग समेत परामर्श लिइरहेका छन् ।

जसपाबाट सरकारमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठ, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरणमन्त्री प्रदीप यादव र कृषि तथा पशुपन्छी विकासमन्त्री मृगेन्द्रकुमार सिंह यादव रहेका छन् ।

गठबन्धनबाट बाहिरिएर जसपाले एमालेसँग १७ सीटमा तालमेल गरेको छ । तर, उम्मेदवारी दर्ताको क्रममा केही ठाउँमा विवाद देखिएको छ ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब