मधेश प्रदेशमा पति, पत्नी र दाजुभाई उम्मेदवार

  • असोज २६, २०७९ | ३६४ पटक पढिएको | सीमा संदेश
alt

प्रदेश र प्रतिनिधि सभाको चुनावमा मधेश प्रदेशमा पति, पत्नी र दाजु भाईहरुले प्रत्यक्षमा उम्मेदवारी दिएका छन् ।

धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको टिकटमा जुली महतो र ४ बाट एमालेकै टिकटमा रघुवीर महासेठले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

निर्वाचन क्षेत्र नम्बर ४ बाट महतोका पति रघुवीर महासेठ उम्मेदवार छन् । त्यहाँ उनलाई जसपाले सहयोग गरेको छैन् ।जसपाले महाजन यादवलाई उनको विरुद्ध उम्मेदवार उठाएको छ ।

तर निर्वाचन क्षेत्र नम्बर ३ मा जसपाले महतोलाई सघाउन उम्मेदवार उठाएको छैन् । जसपा र एमालेबीच चुनावी तालमेल भए पनि धनुषाको १ र ३ मा मात्र तालमेल रहेको छ ।

धनुषा जिल्लाको ४ मध्ये ३ क्षेत्रमा मात्र एमालेले प्रतिनिधि सभामा उम्मेदवार उठाएको छ । त्यस मध्ये निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धन रहेको छैन् । त्यस क्षेत्रमा नेकपा एसबाट रामचन्द्र झा, नेपाली कांग्रेसबाट रामकृष्ण यादव, एमालेबाट उमाशंकर अरगडिया र जसपाबाट गंगाराम यादवले उम्मेदवारी दिएका छन् ।

पतिपत्नी नै उम्मेदवारी दिनुको कारणबारे जानकारी लिन पटक–पटक प्रयास गरे पनि दुबै जना सम्पर्कमा आउन चाहेनन् । निर्वाचन क्षेत्र नम्बर १ मा जसपासितको तालमेलमा एमालेले उम्मेदवार उठाएको छैन् । जसपाका दीपक कार्कीलाई एमालेले समर्थन गरेको छ । त्यहाँ पाँच दलीय गठबन्धनबाट नेकपा माओवादीका नेता मातृका यादवले उम्मेदवारी दिएका छन् ।

सप्तरी जिल्लामा जनमत पार्टीका अध्यक्ष सीके राउतले निर्वाचन क्षेत्र नम्बर २ बाट र उनका भाई जयकान्त राउत९जेके राउत० ले निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका छन् ।

पहिलो पटक प्रतिनिधि सभा सदस्यका लागि चुनावमा उत्रेको जनमत पार्टीमा पारिवारिक सदस्यहरुले प्राथमिकता पाएपछि आलोचना सुरु भएको छ । दुबै जना भने पीएचडी गरेका हुन् । प्रदेश सभातर्फ धनुषाको निर्वाचन क्षेत्र नम्बर २ को ‘क’ बाट शैलेन्द्र यादव र निर्वाचन क्षेत्र नम्बर ३ को ‘क’बाट उनका भाई जितेन्द्र यादव उम्मेदवार बनेका छन् । दुबै दाजु भाई जसपाको टिकट पाएका छन् ।

शैलेन्द्र यादव गत चुनावमा निर्वाचित भएर पाँच वर्ष जसपाको प्रमुख सचेतक थिए । जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य मन्त्री रहेको बेला जितेन्द्र यादव उनका स्वकीय सचिव थिए । त्यसपछि उनी मुख्यमन्त्री लालबाबु राउतका स्वकीय सचिव रहेका थिए । चुनावमा टिकट पाएपछि मात्र पदबाट राजिनामा दिएका हुन् ।

मुख्यमन्त्री राउतको कार्यालयमा आर्थिक अनियमितता गर्ने आरोप यादवमाथि पनि लागेको हो । कर्मचारी सरुवा, भर्ना लगायतमा आर्थिक चलखेल गरेको आरोप पनि उनीमाथि लागेको छ । क्षमतावान भएका कारण दुबै दाजुभाईले टिकट पाएको जितेन्द्र यादवले बताए ।‘

आर्थिक अनियमितता लगायतका अफवाह विपक्षीहरुले फैलाएको हो’ उनले भने, आफूहरु इमान्दारीपूर्वक जनसेवा गरेकाले पार्टी विश्वास गरी टिकट दिएको छ । परिवारवादको विरोध गर्नेहरुले नै पारिवारिक सदस्यहरुलाई चुनावमा प्राथमिकता दिएको आरोप विपक्षीहरुले लगाउन थालेका छन् ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब