मुख्य प्रतिष्पर्धीको उमेदवारी नै खारेज भएपछि विष्णु पौडेललाई सहज !

  • असोज २६, २०७९ | ३२६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । रुपन्देही २ मा गठबन्धनका उमेदवारको उमेदवारी खारेज भएको छ ।

निर्वाचन आयोगले नेकपा एमालेका उमेदवार विष्णु पौडेलका मुख्य प्रतिष्पर्धी गठबन्धनका उमेदवार एकीकृत समाजवादीका नेता राजु गुरुङको उमेदवारी खारेज गरिदिएको हो ।

एकीकृत समाजवादीले निकै संघर्षपछिमात्रै उक्त निर्वाचन क्षेत्र गठबन्धनबाट लिएको थियो । मुख्य प्रतिष्पर्धीको उमेदवारी नै खारेज भएपछि एमाले उमेदवार पौडेललाई सहज भएको देखिन्छ ।

गुरुङ बैंकिङ कसुरमा कालो सूचीमा रहेको भेटिएपछि उनको उमेदवारी खारेज भएको हो ।

तोकिएको अवधिमा गुरुङले कालो सूचीबाट हटेको प्रमाण पेस नगरेपछि जिल्ला निर्वाचन कार्यालयले उनको उमेदवारी खारेज गर्ने निर्णय गरेको हो ।

गुरुङसँगै अन्य दुई स्वतन्त्र उमेदवारको उमेदवारी पनि खारेज भएको छ । स्वतन्त्र उमेदवार हिमाल बस्याल र हाम्रो नेपाली पार्टीका उमेदवार कलम भुसालको उमेदवारी पनि खारेज भएको छ ।

यसअघि नेकपा एमालेले गरेको आन्तरिक अध्ययनमा गठबन्धन कायमै रहे रुपन्देही २ जित्न कठिन रहेको क्षेत्रमा राखेको थियो ।

अब मुख्य प्रतिष्पर्धीको उमेदवारी खारेज भएको र जनता समाजवादी पार्टीसँगको तालमेलका कारण पौडेललाई सहज देखिन्छ ।

वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले सो क्षेत्रमा ३३ हजार १८७ मत ल्याएको थियो । कांग्रेसले ३४ हजार ९५९ मत ल्याएको थियो भने माओवादी केन्द्रले ३ हजार १८८ मत ल्याएको थियो । राप्रपाले ३ हजार ९२०, जसपाले १८३ र लोसपाले २५ मत ल्याएको थियो । एकीकृत समाजवादीले जम्मा १३८२ मत ल्याएको थियो । तर पनि उक्त निर्वाचन क्षेत्र कांग्रेसले एकीकृत समाजवादीले छाडिदिएको थियो ।

सत्ता गठबन्धनका कारण उक्त क्षेत्र कांग्रेसले छाडिदिनुपरेको जनाएको छ ।

गुरुङ सोही पार्टीका नेता झलनाथ खनालका छोरासहितले दिएको चेक अनादरसम्बन्धी मुद्दामा दोषी ठहर भएका थिए ।
गुरुङ अध्यक्ष रहेको नर्थ वेष्ट नेपाल इन्फा प्रालिले २ करोड २५ लाखरुपैयाँ नतिरेको भन्दै अदालतमा उजुरी परेको थियो । २०७६ सालमै काठमाडौं जिल्ला अदालतमा परेको उजुरीविरुद्धको फैसला हुँदा गुरुङसहित ६ जनालाई जनही दुई हजाररुपैयाँ जरिवानासहित बिगो तिराउने भनिएको थियो ।

६ जनामध्ये एक हुन् झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनाल ।  उनीहरुले दिएको चेक सटही नभएपछि अदालतसम्म पुगेको थियो । 

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब