बङ्गलादेशमा आँधीबाट २८ जनाको ज्यान गयो, लाखौँ प्रभावित

  • कार्तिक ९, २०७९ | ४६१ पटक पढिएको | सीमा संदेश
alt

बङ्गलादेशमा सित्राङ नामको आँधीबाट ज्यान गुमाउनेको सङ्ख्या २८ जना पुगेको छ । सित्राङबाट लाखौँ मानिस प्रभावित भएका समाचार संस्था एएफपीले जनाएको छ ।

आँधीका कारण बङ्गलादेशका लाखौँ व्यक्ति बिजुली सेवाविहीन भएका छन् । उद्धारकर्मीले ड्रेजर डुङ्गाका चालक दलका चार जना सदस्यको शव फेला पारेका छन् । योसँगै आँधीबाट ज्यान जानेको सङ्ख्या २८ पुगेको हाे ।

बङ्गलादेशमा आँधी र तुफानको खतरा रहने गरेको छ । तर वैज्ञानिकले जलवायु परिवर्तनले तिनीलाई अझ तीव्र र बारम्बारको खतरा बनाउँदैछ । सित्राङ नामक यस आँधी दक्षिणी बङ्गलादेशमा अवतरण गरेको जनाइएको थियो । त्यसलगत्तै मानिसलाई यसले प्रभावित पारेको हो ।     

अधिकारीहरूले यस शक्तिशाली आँधी आउनुअघि झन्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा पुर्‍याउन सफल भएको बताएका छन् । आँधीको गति ८० किलोमिटर प्रतिघण्टा रहेको र यसले अझै पनि लाखौँ मानिसको घर रहेको देशको घना जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा विनाश गर्ने अनुमान गरिएको छ ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब