औरही : विद्यार्थीद्वारा विद्यालयमा तालाबन्दी

  • मंसिर २१, २०७९ | १,२९७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २१ मंसिर। सिरहाको औरही गाउँपालिका ५ स्थित सुन्दर जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले विभिन्न माँग राख्दै तालाबन्दी गरेका छन्। विद्यार्थीहरुले नियमित पठनपाठन, तत्काल पाठ्पुस्तको व्यवस्था, अपुग शिक्षक पुर्ति लगायत माँग सहित बुद्धवार तालाबन्दि गरेका हुन्।

विद्यालयमा करिव ८ महिनादेखि सामाजिक, नेपाली, स्वास्थ्य शिक्षा लगातका विषयगत शिक्षकहरु नहुदा पठन–पाठन ठप्प भएकाले आफुहरु वाध्यभई विद्यालयमा तालाबन्दी गर्नुपरेको विद्यार्थीहरुको भनाई रहेको छ।

उनले यि विषयका शिक्षक नहुँदा वार्षिक (एसईइ) परीक्षा नजीकिएपनि पठन पाठन हुन नसकेको दुखेसो पोखे। आन्दोलीत विद्यार्थीहरुले अहिलेसम्म पाठ्यपुस्तक समेत नपाएको बताए। उनीहरुले भने, ‘हामीले प्र.अ. लाई पटक–पटक पाठ्य पुस्तक र विषयगत पढाईको लागि अनुरोध गर्यौं; कुनै सुनवाई नभएपछि तालावन्दीगर्न बाध्य भएका हौं।’

अव समस्या समाधान नभएसम्म विद्यालय नखुल्ने कक्षा १० मै अध्ययनरत विद्यार्थी प्रिन्स यादबले बताए। उनले भने, विद्यालय खुलेपनि पढाई हुने होइन, त्यो भन्दा बन्दै होस्।’

विद्यार्थीहरुले विद्यालयमा उचित खानेपानीको वयवस्था नभएको, नियमित पढाइ नभएको, सौचालय सरसफाइ नभएको, बिद्यालयमा मनपरी छुटी हुने गरेको, कपि जाँच नगरी हचुवाको भरमा मूल्याङ्कन गर्ने लगायतका आरोप लगाउँदै आएका छन्।

विद्यालयका प्रधानाध्यापक इन्द्रदेव यादवले गाउँपालिकाले विद्यालयमा करार सेवाका शिक्षकहरुलाई म्याद थप नगरी नयाँ जनप्रतिहरुले विषयगत शिक्षकलाई हटाएपछि यो अवस्था सृजना भएको आरोप लगाए। उनले भने, ‘पालिकाले शिक्षक त हटायो, तर विद्यालयको पठन पाठनका लागि थप शिक्षक व्यवस्था गर्न नसकिएपछि यो अवस्था आएको हो।’

औरही गाउँ पालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश नरायण शर्माले विद्यालयका समस्याहरु रहेको स्विकार गरे। उनले आफूले केहिदिनपहिलामात्र प्रशासकिय अधिकृतको जिम्मेवारी पाएको भन्दै विद्यालयका सवै समस्याहरु तत्काल समाधान गरिने बताए। उनले भने, ‘म केही दिनपहिलामात्र जिम्मेवारीमा आएको हुँ, विद्यालयका समस्याहरुको विषयमा म अहिले पनि छलफल मै छु। तत्काल समाधान गर्ने उपाय खोज्दै छु।’

जनप्रतिनिधि तथा कर्मचारीहरुको लापरवाहीले सिराहामा शिक्षा पद्धती दिनप्रतिदिन खसकिदै गइरहेको जानकारहरु बताउँछन् ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब