नवराजपुर गाउँपालिका : जहाँ विद्यालयमा श्रीमतीको सट्टा श्रीमान पढाउँछ

  • मंसिर २७, २०७९ | ६६२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सिरहाको नवराजपुर गाउँपालिका-४ का जनकल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक (प्रअ) अनिता यादवको साट्टामा उनकै श्रीमानले प्रअकै भूमिका काम गरिरहेको पाइएको छ।

गाउँपालिका अध्यक्ष शिवउदगार यादव साढे ११ बजे विद्यालय अनुगमन गर्न पुगेका थिए। त्यहाँ श्रीमतीको ठाउँमा विन्दीप्रसाद यादव प्रधानाध्यापकको रुपमा काम गरिरहेको पाइएको थियो। उनकी श्रीमती अनिता यादव उक्त विद्यालयकी प्रअ हुन्। उनी अनुपस्थित थिए।

गाउँपालिका अध्यक्ष यादवले विन्दीलाई किन श्रीमतीको साट्टोमा आएको? कानुनले मिल्छ? भनेर प्रश्न गर्दा विन्दीले किन आउन मिल्दैन मिल्छ। कहिलेकाही आउँछु भनेर जवाफ फर्काएका थिए। आवश्वयक पर्दा आउन मिल्ने र धेरै ठाउँमा यस्तो भइरहेको जवाफ उनले दिएका थिए।

‘सरकारी विद्यालयमा बेथिति देखिएको छ। आफू निर्वाचित भएदेखि चासो बढाएको छु,’ गाउँपालिका अध्यक्ष यादवले भने, ‘स्थानीयवासीले गुनासो गरेपछि अनुगमनलाई तिव्र बनाएको छ। श्रीमतीको ठाउँमा श्रीमान भेटिएपछि प्रअ विनितालाई स्पष्टीकरण सोध्न शिक्षा शाखालाई लगाएको छु।’ त्यति गर्दा पनि सुधार नआए आवश्यक कारबाही प्रक्रिया बढाउने उनले बताए।

स्थानीयवासीका अनुसार श्रीमतिका साट्टो विद्यालयमा पढाउन आएका विन्दी यादव अवकास प्राप्त प्रअ हुन्।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब