तलब नदिएको भन्‍दै धनुषाको सबै सामुदायिक विद्यालय बन्द

  • पुस ८, २०७९ | ३१९ पटक पढिएको | सीमा संदेश
alt

जनकपुरधाम, पुस ८ गते । धनुषाको नगराइन नगरपालिकाका शिक्षक तथा विद्यालयका कर्मचारीहरुले पाँच महिनादेखि तलब नपाएको भन्दै सामुदायिक विद्यालय  बन्द गराएका छन् ।

धनुषाको नगराइन नगरपालिकाका शिक्षकहरुले तलब भत्ता माग गर्दै गरेको आन्दोलनलाई समर्थन जनाउँदै जिल्लाका सबै सामुदायिक विद्यालय बन्द गराएका हुन् ।
नगरपालिकाका सूचना अधिकारी मो.अन्सारुल राईनका अनुसार  शिक्षकहरुले तलब समयमा माग गर्दै आन्दोलन गर्दै आइरहेका छन् । आन्दोलनलाई साथ दिँदै आज जिल्लाभरका सामुदायिक विद्यालय बन्द गरेका छन् ।

उनका अनुसार नगराइन नगरपालिकाको नगरसभा बस्न नसक्दा साउनदेखि शिक्षक तथा कर्मचारीहरुले तलब पाउन सकेको छैन। पालिकाका शिक्षकहरुले मंसिर १८ गतेदेखि तलबभत्ता माग गर्दै नगरपालिका अगाडी करिब दुई महिनादेखि आन्दोलन गर्दै आइरहेका छन् ।

नगराईन, छिरेश्वरनाथ, कमला नगरपालिकाका शिक्षक तथा कर्मचारीहरुले तलब पाउन सकेका छैनन् । छिरेश्वरनाथ नगरपालिका र कमला नगरपालिकाले भने पुस १५ गतेभित्र तलब दिने सम्झौता गरेको छ ।
तर, नगराईन नगरपालिकामा भने जनप्रतिनिधिले तलब दिनको लागि पहल नगरेको भन्दै शिक्षक संघसंगठनहरुले एक दिनका लागि जिल्लाभरका सामुदायिक विद्यालय बन्द गराएको नेपाल शिक्षक संघ धनुषाका अध्यक्ष रामस्नेही यादवले जानकारी दिए ।
उनले भने, ‘यत्ति लामो समयसम्म शिक्षकलाई तलब दिनको लागि जनप्रतिनिधिले कुनै पहल गर्ने कोशिससम्म नगरेकाले हामीले शिक्षक साथीहरुको आन्दोलनलाई साथ दिँदै आज एक दिनका लागि विद्यालय बन्द गरेका हौं ।’

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब