नागरिकलाई पुन: मास्क लगाउन भारतीय प्रधानमन्त्री मोदीको आग्रह

  • पुस ९, २०७९ | ३९२ पटक पढिएको | सीमा संदेश
alt

नयाँ दिल्ली । भारतले कोभिड संक्रमणका घटनाहरूमा निगरानी बढाइरहेकाबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नागरिकलाई पुन: मास्क लगाउन सुरु गर्न आह्वान गरेका छन् । चीनमा कोभिड संक्रमितको सङ्ख्यामा अप्रत्यासित वृद्धि हुन थालेपछि बिहीबार मोदीले कोरोना समस्या सम्बन्धी एउटा पुनरवलोकन बैठक बोलाएका थिए । 

चीनको नाजुक अवस्था हेरेर भारत शतर्क बनेको हो । प्रधानमन्त्री मोदीले जनतालाई स्वास्थ्य परीक्षणमा जोड दिन र कोभिड नियन्त्रण तथा रोकथाममुखी व्यवहारलाई पुन प्रोत्साहन गर्न आग्रह गरेका छन् । 

कोरोना संक्रमणको दर झरेपछि यसै वर्षको सुरुमा भारतले मास्क लगाउनेलगायत कोभिडसम्बन्धी अन्य नियमहरू फुकुवा गरेको थियो । 

सन् २०२० र २०२२ को दुईवटा भयानक कोरोना संक्रमण लहर भारतले भोगिसकेको छ । सन् २०२१ को गर्मी यामको लहर नियन्त्रण कार्यलाई लिएर सरकारको निकै आलोचना पनि भएको थियो । अक्सिजन आपूर्ति र संवेदनशिल औषधिको अभावमा त्यतिबेला हजारौँ भारतीय जनताले ज्यान गुमाएका थिए ।

बिजीबारको बैठकमा मोदीले सम्पूर्ण राज्यलाई अस्पतालका पूर्वाधारलाई दुरुस्त राख्न तथा अक्सिजन सिलिन्डर र भेन्टिलेटरको आपूर्तिलाई स्वस्थ राख्न अनुरोध गरेका थिए । उनले जनतालाई विचलित हुनुपर्ने केही कारण नै नरहेको भन्दै सम्पूर्ण आवश्यक सजगता अपनाउन पनि आह्वान गरेका थिए ।

सरकारी तथ्यांकका अनुसार अहिले भारतभरि करिब तीन हजार ४ सय कोरोना भाइरसका सक्रिय संक्रमित छन् ।

बीबीसीबाट ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब