ब्राजिलका वाम नेता लुलाले लिए राष्ट्रपति पदको शपथ, बने भावुक

  • पुस १८, २०७९ | ३६६ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । ब्राजिलका वामपन्थी नेता लुला डि सिल्भाले राष्ट्रपति पदको शपथ ग्रहण गरेका छन् । तेस्रो पटक ब्राजिलको राष्ट्रपति बनेका उनी दिग्गज वामपन्थी नेताको रुपमा चिनिन्छन् ।

यसअघि उनी सन् २००३ देखि २०१० को बीचमा पनि राष्ट्रपति बनेका थिए । लुला भ्रष्टाचारको आरोपमा जेलसमेत परेका थिए । सन् २०२१ मा उनको सजाय खारेज गरिएको थियो ।

गत वर्षको अक्टुबर महिनाको निर्वाचनमा बहालवाला राष्ट्रपति जायर बोलसोनारोलाई हराएर लुला पुनः सत्तामा फर्किएका थिए । राष्ट्रपति लुलाले देशको पुनर्निर्माणमा ध्यान दिने भन्दै शपथ ग्रहण गरेको बीबीसीले जनाएको छ । सत्ता हस्तान्तरण समारोहमा भने बोल्सोनारो सहभागी भएनन् । उनी गत शुक्रबारै अमेरिका गएका थिए ।

लामो समयसम्म सत्ता बाहिर रहेका लुला शपथ ग्रहण समारोहमा भावुक देखिएका थिए । उनले देशको अवस्था खराब हुनुमा अघिल्लो सरकारको गलत नीति जिम्मेवार भएको बताए ।

Lula-President-of-Brazil-sworn

उनको शपथ ग्रहण समारोहमा उल्लेख्य संख्यामा समर्थकहरुको सहभागिता थियो । समारोहलाई भव्य बनाउन ६० भन्दा धेरै कलाकारहरुले प्रस्तुती दिएका थिए । दुई ठूला मञ्चहरु विशेष रुपमा सजाइएको थियो ।

सुरक्षा व्यवस्था पनि कडा बनाइएको थियो । शपथ ग्रहण समारोहलाई बोल्सोनारो समर्थकहरुले विथोल्न सक्ने आशंका कारण प्रहरीले विशेष सुरक्षा प्रवन्ध मिलाएको बीबीसीले जनाएको छ । उनको स्वागत समारोहमा चक्कु र पटाकासहित घुस्न खोजेको भन्दै एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । साथै राजधानी ब्राजिलियाको विमानस्थल नजिक इन्धन बोकेको ट्यांकरमा विष्फोटक पदार्थ फेला परेको थियो ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब