अफगानिस्तानमा भूकम्प, पाकिस्तानमा पनि क्षति

  • चैत ८, २०७९ | ५२९ पटक पढिएको | सीमा संदेश
alt

काठमाडौं । अफगानिस्तानको फैजाबाद केन्द्रविन्दु भएर गएको भूकम्पको कारण कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।

मंगलबार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको कडा झड्का अफगानिस्तानसँगै पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो ।

विपद् व्यवस्थापन मन्त्री सफिउल्लाह रहिमीले सीएनएनलाई दिएको जानकारी अनुसार अफगानिस्तानको लाघमन प्रान्तमा दुई जनाको मृत्यु र ८ जना घाइते भएका छन् ।

यसैगरी दुई बच्चासहित अरु तीन जनाको उत्तरी पाकिस्तानमा मृत्यु भएको छ । अन्य ४१ जना घाइते भएका छन् । पाकिस्तानको अब्बोटावाद शहरमा भूकम्पका कारण पहिरो जाँदा बाटो पनि बन्द भएको सीएनएनले जनाएको छ ।

भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्ली, राजस्थान, जम्मु कश्मीरका पनि महसुस गरिएको थियो ।

उत्तर प्रदेशको पश्चिमी क्षेत्रका साथै राजस्थानका जयपुर, सिकर, करौली लगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

भारतमा पनि भूकम्पको महसुस भएपछि मानिसहरु घर बाहिर निस्किएका थिए । तर त्यसले क्षति पुर्याए/नपुर्‍याएको यकिन भएको छैन ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब