नक्कली विवरण पेस गरेर नागरिकता बनाउन खोजेको आरोपमा वडाध्यक्षसहित ५ जना पक्राउ

  • वैशाख ८, २०८० | ४५९ पटक पढिएको | सीमा संदेश

बारा, बैशाख ८ गते । बारामा नक्कली विवरण पेस गरी वंशजको नाताले नागरिकताका लागि सिफारिस गरेका वडाध्यक्षसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नागरिकता लिइसकेका नक्कली बाबु छोरा र झुक्याएर लिने प्रयास गरेका अर्का नक्कली बाबुछोरा गरी पाँच जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको हो ।

कलैया उपमहानगरपालिका १० मटिअर्वाका नक्कली बाबु ७५ वर्षीय जोधन साह तुराहा र नक्कली छोरा बनेका २१ वर्षीय रमेश साह तुराहा पक्राउ परेका हुन् ।

रमेशले मावलीका हजुरबुबा जोधनलाई बाबु बनाएर ६ महिनाअघि वंशजको आधारमा नागरिकता लिएका थिए ।

गोप्य उजुरीको आधारमा उनलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए ।

यस्तै नागरिकता लिन सिफारिस गरेका वडाध्यक्ष महम्मद साबिरलाई नियन्त्रणमा लिई अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान सुरु भएको प्रहरीले जनाएका छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब