प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात भएको विरोधमा अनिश्चितकालिन कार्यालय बन्दको घोषणा

  • वैशाख १५, २०८० | ४५२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १५ वैशाख। सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि हातपात र अधिकृतसहित अन्य कर्मचारीहरुलाई गालीगलौज गर्नेहरुमाथि कार्वाहीको माँगगर्दै कामकाज ठप्प गर्ने घोषणा गरेका छन्। कमलामाई सप्लायर्स धनुषका संचालक वेचन शर्माको नेतृत्वमा आएका ५÷७ जनाको समूहले शुक्रवार अपरान्ह कार्यकक्षमै प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद गेलालमाथि हातपात गर्नुका साथै अन्य कर्मचारीलाईसमेत गाली गलौज गरेको भन्दै कार्वाहीको माँग गर्दै कार्यालय अनिश्चित कालको लागि बन्द गर्नेे घोषणा गरेको हो।

पालिकाले ग्राभेल उत्खनननमा रोक लगाएको भन्दै शर्माको नेतृत्वमा आएका धनगढीमाई नपा १२ का महेश अधिकारी, वडा नम्वर ४ का रामएकवाल यादव (वतहा) सहित आएका ५÷७ जनाको समूहले प्रमुख प्रशासकीय अधिकृत गेलाललालाई कार्यकक्षमा थुनेर हातपात गर्नुका साथ गाली गलौज गरेको कर्मचारीहरुद्वारा जारी गरिएको माँगपत्रमा उल्लेख गरिएको छ।

कर्मचारीहरुद्वारा जारी माँग पत्रमा, ‘उच्छृखल समूह प्रमुख प्रशाकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी ढोका थुनेर अस्थायी रुपमा खानी बन्द भएको विषयलाई लिएर किन खानी बन्द गरीस्? खानी बन्द गर्ने अधिकार तलाई कसले दियो? भन्दै अपशब्द प्रयोग गरी गालीगलौज गरी पानीको बोतल प्रमुख प्रहार गर्दै हात पात समेत गरेको छ।’

नगरपालिकाले ठेकेदारहरुले ग्राभेल जथाभावी उत्खनन गरेको र राजश्व समयमा नतिरेको भन्दै पटक पटक उत्खननमा अस्थायी रोक लगाउँदै आएको छ।

‘नगर प्रहरी र सेवाग्राहीको सहयोगमा बल प्रयोग गरी निजहरुलाई मुस्किलले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट वाहिर निकाले पनि प्रमुख प्रशाकिय अधिकृत एवम् कर्मचारीमाथि अपशब्द प्रयोग गरी गाली गलौज गर्दै गएको घटना प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ; कर्मचारीद्वारा जारी माँग पत्रमा उल्ल्ेख गरेको छ।

कार्यालय समयमा प्रमुख प्रशाकिय अधिकृत र कर्मचारी कोही पनि सुरक्षित नभएको र उक्त घटनाको दोषी माथि कारवाही नभएसम्म यस नगर पालिकाको कार्यालय तथा वडा कार्यालयमा कार्यत हामी सम्पूर्ण कार्मचारीहरुलाई शान्ती सुरक्षाका व्यवस्था नभएसम्मको लागि कामकाज गर्न असमर्थ रहेको उल्लेख गरेको छ। घटनाको बारेमा प्रमुख प्रशासकिय अधिकृत गेलालसँग सम्पर्क गर्दा उनी सम्पर्कमा आउन चाहेनन्।

यस सम्वन्धमा धनगढीमाई नगरपालिका १२ नम्वर वडाका वडा अध्यक्ष तथा प्रवक्ता जय प्रकाश ठाकुरसँग बुझ्दा उनले आफूले अझै आधिकारीक जानकारी नपाएको भन्दै घटनाको विषयमा अन्यत्रबाट जानकारी पाएको बताए। उनले नगरपालिका मेयर र प्रमुख प्रशासकीय अधिकृतले मनमानि ढङ्गले चलाई रहेको आरोप लगाउँदै धेरै विषयमा आफूलाई जानकारी नै नहुने बताए।

कर्मचारीहरुले तत्काल कार्वाही र शान्ति सुरक्षाको माँग सहित मेयर र उपमेयरसँ लिखितमाँग राखेका छन्।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब