किताब कमिसनखोरीको चपेटामा ठगिदै विद्यार्थी र अभिभावक विधाथीको केस काटी सस्तो लोकप्रियता कमाउने मयेर कहाँ छ ?

  • वैशाख २४, २०८० | १,३७७ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २४ बैशाख । नेपालको संविधान २०७२ को धारा ३१ मा शिक्षालाई मौलिक हककै रुपमा व्यवस्था गरको छ । धारा ३१ (२) मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभ्ुत तहसम्मको शिक्षा अनिर्वाय र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुने व्यवस्था गरिएको छ । तर गणतन्त्रमा तिन  तहको सरकारको संरचरना भएपनि सबैभन्दा बढी आर्थिक भार अभिभावकहरुलाई शिक्षा र स्वास्थ्यमा नै छ । 

किताबमा कमिसनखोरीका कारण किताब पसलाहरु विद्यार्थि तथा अभिभावकलाई दिनदाहडै लुटिरहेका छन् । २० देखि २५ प्रतिशतका कमिसनका चक्करमा किताब पसलहरुले विद्यार्थी तथा अभिभावकहरुलाई लुटन भ्यिाईनभ्याई भईरहेको छ । बोर्डिङमा पढाउने अभिभावकहरुलाई हरेक वर्ष नयाँ किताब खरिद गर्न विद्यालयहरुले बाध्य पारी किताब पसलसँगको सेटिंङमा कमिसनखोरी कार्यमा सबै लागेको स्पष्ट प्रमाणहरु पसलहरुमा अभिभावकहरुका पिडाले अभिव्यक्त गरीरहेका छन् ।

सिरहा नगरपालिकामा कुल ४३ वटा निजि विद्यालय छन । जस मध्ये आधी विद्यालयको कमिसन सेटिंग गायत्री पुस्तक पसल र लक्ष्मी पुस्तक पसलमा रहेका छन् । यि पसलहरु विद्यार्थिहरुलाई किताबमा कुनै छुट हुदैन भनी ठगि गरिहेका छन् भने उनीसँग सबै विद्यालयले पठाएका किताबहरुका चार्टका आधारमा विद्यालय अनुसार झोलमा किताव रखेका छन् । विद्यालयहरुले पनि किताबका लागि यिनै पसलामा विद्यार्थीहरुलाई पठाउँछन् । कमिसन वापत यि पसलहरुले विद्यालयहरुलाई प्रोजे्रक्टर, अन्य शैक्षिक सामाग्री सहित नगद पनि दिने गरको एक विद्यालय संचालकले सीमा संदेशसँग भने ।

सिरहा बजारमै रहेको अनुपमा पसल संचालक अजय यादबले भने, मैले कुनै पनि विद्यालयसँग सेटिंग गरेको छैन् । त्यसैले मूल्य तिर्न नसकनेहरु फर्केर आउँछ र मैल इमन्दारी पूर्व १० प्रतिशत छुट दिने गरको छु । मसँग पनि कमिसनका कुरा गर्न धेरै निजि विद्यालय संचलकहरु आएका थिए । तर उनीहरु २० र २५ प्रतिशतको डिमाडबाट टसमस नभएपछि म दिन सक्दिन भनेपछि अन्य पसलवालसँग सेटिंग गरेको छ । मैले छुट दिईरहदाँ पसलवालाहरु ममाथि पनि करवाही गर्नु पर्छ भनी बजारमा हल्ला फैलाएका छन । तर मलाई डर छैन यादबले बताए ।

लक्ष्मी पुस्तक पसलमा कक्ष ४ र ९ को किताब खरिद गर्न पगेको प्रमोद यादबले भने, किताबमा छुट छैन । हामीले कताबाट दिन्छु , लिनु छ भने लिनु न तर जानुस् जवाफा दिइयो । के गर्ने किताब नकिनी भएन् विद्यार्थीको पढाई सुरु भईसेको छ । तर मैले भन्छु , विद्यालयहरुमा पुगि केस काटी सस्तो लोकप्रियता कमाउने सिरहा नगरपालिकाको मेयर डा. नविक कुमार यादब अहिले कता हराएको छ । शैक्षिक कमिसन माफिएको सेटिंगमा त छैन् । जवाफ दिनु पर्छ । न त यस्ता पसलहरुलाई भोली देखि नै करवाही गर्नु पर्छ यादबले भने । त्यस्तै एल केजिको किताब खरिद गर्न गायत्री पुस्तक पसल पुगेकी सुनिता कुमार यादबले पनि छुट नपाउदाँ आफ्नो गुनासो यसरी नै सुनाए ।

सिरहा जिल्ला भरी यस्तै सेटिंग भईरहदाँ शिक्षलाई पहिलो प्राथमिकता दिइएका पालिकाहरु बेखवर बनेका छन। । लहानका जानकी पुस्तक पसलले ३२ वटा वोर्डिगसँग सेटिंग गरी लुटा मचाएको छ । यस्ता लुट धन्धाको विषयमा अभिभवकले अवाज उठाउन जरुरी छ । जब सम्म विद्यार्थीहरु यस विषयमा खुला अवाज उठाएन भने यस्ते कमिसन धान्धा फष्टाउने छ । आजैबाट सबैले कमिसन खोर पसलको विरुद्ध सडकमा आउनु पर्ने आवश्यकता रहेको छ ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब