सिरहा, ०९ जेष्ठ । नेपालको राजधानी बाहिरको पहिलो विद्यालय श्री चन्द्र नमूना माध्यमिक विद्यालय सिरहाको प्रअ मधु सुदन कर्णले तेहरो नागरिकता र भारतमा पैसा कुमल्याएको भनी समाचार निराधार र चरित्र हत्यका लागि सम्पे्रसन गरिएको भन्दै प्रअ कर्णले चरित्र हत्या गर्ने पत्रकार तथा मिडियमाथि नेपाल सरकारको कानून बमोजिम न्याय खोज्ने पत्रकार समेलन गरी बताएका छन् ।
पत्रकार समेलनमा कणर्ले भने, नागरिकता कसैका घरमा बन्दैन्, जिल्ला प्रशासनमा बन्छ, यदि मैले तेहरो नागरिकता लिएको छु भने सरकारले छानभिन्न गरी करवाही गरे भोग्न तयार छु । यो घटना पहिलो मात्र होइन् एक पटक पहिले पनि यसरी नै आरोप लगाएको गियो । तर नेपाल सरकारका समान्नय अदालतले आरोप झुठो सावित गरको थियो । आज फेरि तेही घटनालाई जोडि केही मिडियाले मेरो चरित्र हत्य हुने गरी समाचार सम्प्रेसन गरेको प्रति दुःख लागेको छ । समाचार सत्यतथ्य हुनु पर्छ । कसैको चरित्र हत्य गर्ने गरी नेपालको कानूनले छुट दिइएको छैन्। न्यायका लागि म कानूनमा जान्छु ।
मेरो बुवाबाजेले ६ पुस्ता देखि नै सिरहाको चन्द्रोयपुर २ मा स्थाई बसोवास गरिदै आइरहेका छन् । मैले वि.ए.सी. अध्ययनका लागि इन्डिया गाएका थियौँ। इन्डियामा मेरो परिवारीका छरछिमेकहरु अहिले पनि छन् । अध्ययन क्रममा निर्वाचन लिस्टमा मेरो पनि नाम राख दिइएको थियो । तर विं स. २०४२ सालमा अध्ययन सकाएर नेपाल फर्की नेपाली नागरिकता बनाउने वेलामा इन्डियामा रहेका सम्पूर्ण प्रमाण त्यग गर्ने भनी निवेदन दिई फर फारक गरी नेपाली नागरिकता लिईका थियौँ । मेरो २०४२ सालमा लिएको नागरिकतामा वि.स. २०२१ जन्म मिति भएको नागरिकता रहेको छ ।
भारतीय निर्वाचन मतदाता कार्डमा मेरो फोटो लागाई चरित्र हत्या गर्ने कार्य गरिरहेको छ । अहिले मेरो अनलाईबाट पनि हेर्दा मेरो निर्वाचन लिस्ट कट्टा भईसकेको र मेरो नाममा अरुकै फोटो रहेको कर्णले बताए । अनलाईनबाट नाम कट्टा भएको र नेपाली नागरिक भएको भनी प्रमाण पनि पत्रकार समेलनमा कर्णले सार्वजनिक गरेका छन् । भारतको नेसनल पञ्जाब बैँकमा रु.३० भारु बचत गरको भनी समाचरमा उल्लेख गरिएको प्रति कर्णले भने मेरो मात्र होइन् मेरो सम्पूर्ण परिवरकै नाम यदि भारतको कुनै पनि बैँकमा खाता भएको प्रमाणित भए म जुनसुकै करवाहीका लागि तयार छु । यसरी मेरो चरित्र हत्या गर्ने पत्रकार तथा मिडियामाथि करवाहीको मागगर्दै कर्ण कानूनबाटै न्यायको खोजि गर्ने बताए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved