‘चुरे उत्खनन गरेर बिक्री हुँदैनन्’

  • जेठ १८, २०८० | ३५८ पटक पढिएको | सीमा संदेश
alt

वन तथा वातावरण मन्त्री वीरेन्द्र महतोले चुरे उत्खनन गरेर बिक्री नहुने बताएका छन् । बुधबार जनकपुरधाम विमान स्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले सो कुरा बताएका छन् ।

सरकारले बजेटमा चुरे उत्खननको कुरा नगरेको उनको कथन छ । ‘बाढी आउँदा चुरेबाट नदीमा तल आएको बालुवा ढुगां हामीले प्रयोग गर्ने कुरा गरेका छौं,’उनले भने,‘जुन बालुवा र ढुगां खोलामा जमेर जाम हुन्छ । र, बाढी आउँदा खेती योग्य जग्गा, जंगल र चुरेलाई नै विानाश गर्छ ।’ चुरे नै उत्खनन् इण्डियालाई सरकारले बेच्न लागेको बुझाइ गलत रहेको उनले दाबी गरे । खोलामा जमेको वालुवा, गिट्टी देशमा पर्याप्त भएपछि बाहिर पठाउने कुरा रहेको उनले बताए । चरे संरक्षणमा यसपालि बजेट पनि कम रहेको छ भन्दै सबै जना मिलेर चुरे जोगाउनुपर्ने उनले बताए । ‘चुरेको वन र नदी संरक्षण प्रदेशको क्षेत्रअधिकार भित्र पर्दछ । संघले चुरे दोहन रोक्न जति काम गरे पनि प्रदेशले यदि साथ दिएन भने चुरे संरक्षण कहिले पनि गर्न सकिदैन’,उनले भने,‘चुरे संरक्षणका बारेमा मधेश प्रदेश सरकारसँग पनि छलफल गर्छौं । चुरे दोहन रोक्नका लागि हामी सशक्तरुपमा अघि बढ्छौं ।’ चुरेको क्षेत्रमा सञ्चालित अवैध क्रसर नियन्त्रणका लागि सरकारले ठोस निर्णय लिने उनले बताए । मापदण्ड विपरीतको दोहन नियन्त्रणका लागि पहल आवश्यक रहेको उनले बताए ।

नदी संरक्षण र त्यसको ठेक्का लगाउने अधिकार स्थानीय सरकारमा रहेको हुनाले यसलाई जोगाउने मुख्य दायित्य पनि स्थानीय सरकारलाई नै रहेको उनले बताए । ‘स्थानीय सरकार नै मनमौजी गरेर उत्खन्न गर्न दियो भने त्यसविरुद्ध केन्द्रीय सरकार सशक्तरुपमा काम गर्छ,’उनले भने ।

सिरहा नगरपालिकाद्धारा ८४ करोड २२ लखा भन्दा बढीको ब

सिरहा ।  सिरहा नगरपालिकाद्धारा आ.व.२०८३/०८४ को नीत ...

सम्बन्ध विच्छेद गर्न अब कुर्नु नपर्ने

सरकारले सम्बन्ध विच्छेदमा एक वर्षे ‘कुलिङ पिरियड& ...

असार ९ गते मंगलबार, यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ९ गते । मंगलबार । ...

गोली प्रहार गरी दुई भारतीय लागुऔषध कारोवारी पक्राउ

सिरहा प्रहरीले गोली प्रहार गरी लागुऔषध कारोबारीलाई नियन ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब