देशभर तापक्रम बढ्दो क्रममा, तराईमा लू हावा चल्दै

  • जेठ २२, २०८० | ३९८ पटक पढिएको | सीमा संदेश
alt

हाल देशभरको अधिकतम र न्यूनतम तापक्रम बढ्दो क्रममा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भू-भागहरूमा तातो हावा र लू चलिरहेको छ। बढ्दो गर्मीसँगै तराई क्षेत्रमा दिउँसो तातो हावा लू चलिरहेको छ। तापक्रम उकालो लागेपछि अधिकांश भेगको जनजीवन प्रभावित बन्न थालेको छ।

गर्मी मौसममा खास गरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र शुष्क हावा बहन थाल्छ, जसलाई ‘लू’ भनिन्छ। यो समयमा तापक्रम बढेर ४० देखि ४२ सेन्टिग्रेडसम्म पुग्छ।

दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, भैरहवा, दाङ, जनकपुर, सिमरा र आसपासका भेगको तापक्रम निकै बढेको छ।

पश्चिमी वायु कमजोर रहेकाले अझै केही दिन तापक्रम बढ्ने महाशाखाले जनाएको छ। अत्यधिक गर्मी र लूबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब