भारतद्वारा चन्द्रयान-३ प्रक्षेपण‚ पूर्णिमामा उत्रने

  • असार २९, २०८० | ४३१ पटक पढिएको | सीमा संदेश
alt

श्रीहरिकोटा : भारतले आन्ध्र प्रदेशको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट चन्द्रयान–३ शुक्रबार प्रक्षेपण गरेको छ। यो भारतले चन्द्रमामा पठाएको तेस्रो चन्द्रयान हो।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को ६४२ टन तौलको रकेटले भारतीय समय दिउँसो २ः३५ बजे चन्द्रयान लिएर उडान भरेको छ। चन्द्रयानलाई चन्द्रमामा पुग्न करिब ४० दिन लाग्नेछ।

प्रक्षेपणको १६ मिनेटमा चन्द्रयान-३ करिब १७९ किलोमिटरको उचाइमा पुगेपछि रकेटबाट छुट्टिएको छ। यसपछि चन्द्रयान–३ ले करिब ३ लाख ८४ हजार किलोमिटर पर रहेको चन्द्रयात्रा शुरु गरेको छ।

अन्तरिक्षयानले बोकेको ल्यान्डर भदौ ६ वा ७ गते (अगस्ट २३ वा २४ तारिख) मा चन्द्रमाको सतहनजिक पुग्ने अपेक्षा गरिएको छ। यो दिन भनेको पूर्णिमा हुनुभन्दा ७-८ दिनअघि हो।

यो यानले पृथ्वीको वायुमण्डलको १७० किलोमिटरको माथि पुगेपछि अण्डाकार मार्गमा ५–६ पटक पृथ्वीको परिक्रमा गर्नेछ। यसरी पृथ्वीको वरिपरि घुम्दाघुम्दै यानले गति लिनेछ र एक महिने यात्रामा चन्द्रमातर्फ लाग्नेछ। चन्द्रकक्षमा यो चन्द्रमाको सतहबाट १०० किलोमिटर माथि उड्नेछ।

चन्द्रयान-३ ले पृथ्वीदेखि चन्द्रमासम्म पुग्न ३ लाख ८४ हजार किलोमिटरको दूरी तय गर्नुपर्नेछ। भदौ ६-७ गतेमा चन्द्रमाको सतहनजिक पुगेपछि कुनै निश्चित अवस्थामा ल्यान्डरले चन्द्र धरातलमा अवतरण गर्ने वा नगर्ने निर्णय लिनुपर्नेछ। चन्द्रमाको दक्षिणी ध्रुव क्षेत्रमा सहज अवतरणको प्रयास गर्नुअघि यसले घाम नलागुन्जेलसम्म पर्खनु पर्नेछ।

चन्द्रमाको सतहमा पुगेपछि धरातलमा उत्रनका लागि घाम लाग्ने शुक्ल पक्ष पर्खनुपर्ने भएको हो। ल्यान्डरले घाम नलागुन्जेल चन्द्र धरातलमा अवतरण गर्ने प्रयास गर्ने छैन।

चन्द्रयान–३ ले सूर्यको प्रकाशमा मात्र चन्द्र धरातलमा अवतरणको प्रयास गर्नेछ। पृथ्वीको १४ दिन बराबर चन्द्रमाको एक दिन हुन्छ। यो अवधिमा ल्यान्डरले चन्द्रमामा आफ्नो काम पूरा गर्नेछ। यसमा जडान गरिएका क्यामेराले खिचेका तस्वीरहरू यसले इसरोलाई पठाउनेछ।

चन्द्रमाको दक्षिणी ध्रुवमा सधैँ अँध्यारो हुने भएकाले यो क्षेत्रमा पानी हुन सक्ने सम्भावना रहेको वैज्ञानिकहरूको अनुमान छ। भारतले पछिल्लो पटक २२ जुलाई २०१९ मा चन्द्रयान-२ प्रक्षेपण गरेको थियो। असार महिनामै चन्द्रयान प्रक्षेपण गर्नुको खास कारण छ।

असारमा नै चन्द्रयान प्रक्षेपण गर्नुको कारण हो- यो समयमा पृथ्वी र चन्द्रमा सबैभन्दा नजिक हुन्छन्। चन्द्रमाको पनि गुरुत्वाकर्षण छ। 

यो चन्द्र अभियानमा भारतले ६ अर्ब १५ करोड रुपैयाँ खर्च गरेको छ। यो इसरोको अहिलेसम्मको सबैभन्दा ठूलो र गह्रौं रकेट हो। इसरोका वैज्ञानिकहरूले यो रकेटलाई मायापूर्वक ‘मोटे केटा वा बाहुबली' भन्ने नाम दिएका छन्।

चन्द्रयान प्रक्षे‍पणको सफलताले परियोजना निर्देशक पी. वीरमुथुवेल र इसरो प्रमुख एस सोमनाथ शुक्रवार निकै खुशी देखिन्थे। निर्देशक वीरमुथुवेलले आफ्ना सहकर्मीहरूलाई धन्यवाद दिँदा भावुक भएर उनी बोल्नै सकेनन्।

त्यहाँ उपस्थित इसरो प्रमुखले पनि खुशियालीमा काम्दै माइक समाते। उनले समय कम भएकाले सम्बन्धित विवरण पछि बताउने जनाए। त्यसपछि दुवैजना खुलेर हाँसे।

यदि योपटक पनि इसरोले चन्द्रमामा चन्द्रयान अवतरण गराउन सफल भए भारत पनि अमेरिका, चीन र पूर्व सोभियत संघ जस्ता अन्तरिक्ष अभियानमा अग्रणी देशको समकक्षमा पुग्नेछ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब