इन्जिनियरमाथि लाठी चार्ज निषेधित क्षेत्रमा प्रदर्शन, लोसेआ खारेजीको माग

  • साउन ४, २०८० | ४९२ पटक पढिएको | सीमा संदेश
alt

नेपाल इन्जिनियर्स एशोसिएशन मधेश प्रदेशले निषेधित क्षेत्रमा प्रदर्शन गर्दा प्रहरीले लाठी चार्ज गरेको छ । मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसर भित्र प्रवेश गरी बुधबार इन्जिनियर हरुले प्रदर्शन गरेका छन् । उनीहरुले ६१ औं इन्जिनियर दिवसका अवसरमा आफ्ना मागहरु प्रति ध्यानाकर्षण गराउन प्रदर्शन गरेका थिए ।

मधेश प्रदेशका निवर्तमान मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारद्वारा मिल्सएरियादेखि मधेश भवन तर्फ जाने रेलवे क्रसिंगदेखि मधेश भवनको पश्चिमतर्फको सीमासम्म र त्यसको उत्तर, पूर्व समेतको चारकिल्लालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । मधेश भवन परिसरको चारैतर्फको सडकमा विरोध प्रदर्शन, आन्दोलन गर्न निषेध गरिएपनि इन्जिनियरहरुले मधेश भवन परिसरमा प्रवेश गरी नाराबाजी गर्दा प्रहरीले लाठीचार्ज गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । तर, इन्जिनियरर्स एशोसिएशनका पदाधिकारीहरुले मुख्यमन्त्री कार्यालयमै पुगेर प्रदर्शन गरेका थिए । उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवको राजीनामा माग्दै नाराबाजी गरेका थिए । सुरुमा मुख्यमन्त्री कार्यालय अगाडि रेलवे ट्रयाक भन्दा तल प्रदर्शनकारीहरुले प्रहरी कम हुँदा बल प्रयोग गरी कार्यालयभित्र प्रवेश गरेका थिए ।

मुख्यमन्त्री सरोज कुमार यादव प्रदेश बाहिर रहेको बेला उनको कार्यालय परिसरमा प्रवेश गरी इन्जिनियर हरुले निषेधित क्षेत्रको उल्लंघन गरेका छन् । त्यसपछि प्रहरीहरुले बल प्रयोग गर्दै उनीहरुलाई निकालेका थिए । विभिन्न ‘प्ले कार्ड’सहित प्रदर्शन र चर्को नारावाजी गरेपछि ठूलो संख्यामा प्रहरी पुगेर उनीहरुलाई बाहिर निकालेका थिए । प्रदर्शन गर्न पुगेका इन्जिनियर र प्रहरीबीच धक्कामुक्की समेत भएको थियो । प्रहरीले प्रदर्शनलाई थप उग्र हुन नदिन लाठी चार्जसमेत गरेका थिए । प्रदर्शनकारीहरुलाई निषेधित क्षेत्र बाहिर सामान्य बल प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जनाए । ‘इन्जिनियरहरुले निषेधित क्षेत्रमा प्रदर्शन गर्न हुँदैन्थ्यो’ उनले भने, प्रवुद्ध वर्गले नै कानुन हातमा लिएपछि केही बेर समस्या भएको थियो । कलकारखानामा स्वदेशी इन्जिनियरलाई नियुक्त गर्नुपर्ने, विदेश पलायन रोक्नुपर्ने, इन्जिनियरिङ स्टाफ कलेज स्थापना गर्नुपर्ने, सेवाकालीन तालिमको व्यवस्था गर्नुपर्ने, स्तरवृद्धि गर्नुपर्ने, न्यूनतम सातौं तह कायम गर्नुपर्ने लगायतका माग इन्जिनियरहरुले राखेका छन् ।

नेपाल इन्जिनियर्स एशोसिएसन मधेश प्रदेशले तत्कालीन मुख्यमन्त्री लालबाबु राउत र वर्तमान मुख्यमन्त्री यादवलाई समेत पटक–पटक माग पूरा गर्न ध्यानाकर्षण गराएको दाबी गरेका छन् । मधेश सरकारले आफूहरुको माग पूरा गर्न चासो नदेखाएपछि बाध्य भएर आन्दोलन गर्नुपरेको इन्जिनियर सतिश यादवले बताए । शान्तिपूर्ण ढंगले प्रदर्शन गरिरहेको बेला प्रहरीले लाठीचार्ज गरेको यादवको कथन छ ।‘माग राखेर शान्तिपूर्ण रुपमा संस्थागत विरोध प्रदर्शन गर्दा प्रहरीले लाठीचार्ज गर्नु गलत हो’ उनले भने, हाम्रो माग सम्बोधन नभए अझै सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने छौ । मधेश सरकारको प्रदेश लोकसेवा आयोग छ । तर इन्जिनियरका लागि अहिलेसम्म विज्ञापन गरेका छैनन् । विज्ञापन नगरेकाले इन्जिनियरले प्रदर्शनका क्रममा ‘प्रदेश लोकसेवा आयोग खारेज गर कि विज्ञापन गर’ नारासमेत लगाएका थिए । मधेश प्रदेशसहित नेपालमा बेरोजगार इन्जिनियर हरुको संख्या अत्यधिक रहेको छ । स्वदेशमा काम नपाएर केही विदेशिएको बताइन्छ । देशमा निजी क्षेत्रले स्वदेशी इन्जिनियरहरुलाई प्राथमिकतामा नराखेको कारण पनि बेरोजगारको संख्या बढेको छ ।

मधेशमा इन्जिनियरको खाँचो रहे पनि पदपूर्ति गर्न सरकारले चासो नदेखाएको उनीहरुको आरोप छ । इन्जिनियरहरुको मागलाई सरकारले गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री सिंहासन सा कलवारले बताए । ‘मधेश प्रदेश सरकारले चाहेर पनि कतिपय कामहरु गर्न सकेका छैन्’ उनले भने, प्रदेशमा इन्जिनियरहरुको व्यापक अभाव भए पनि पदपूर्ति हुनसकेको छैन् ।सरकारले आवश्यक प्रक्रिया पूरा गरी भर्ना लिने उनले जनाए । निजी क्षेत्रलाई पनि आफ् ना प्रदेशका प्राविधिकहरुलाई अवसर दिन सरकारले वातावरण बनाउने मन्त्री कलवारले जनाए । मधेश प्रदेशको लोकसेवा आयोगको गति सुस्त रहेको छ । लोकसेवा आयोग स्थापना भएको झण्डै चार वर्ष हुन लाग्दा पनि प्रदेशमा कर्मचारीको भर्ना प्रक्रियालाई व्यवस्थित गर्न सकेको छैन् । पालिकाहरुले आयोगलाई वेवास्ता गर्दै आएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब