बिना विभागीय मन्त्री सुरिता साह श्रम यातायात मन्त्री हुने, कुशवाहालाई हटाइने तयारी

  • साउन ७, २०८० | ३७८ पटक पढिएको | सीमा संदेश
alt

मधेश प्रदेश सरकारमा लामो समयदेखि बिना विभागीय मन्त्री रहेकी सुरिता साह श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउने भएकी छन् । उनी जनता समाजवादी पार्टी(जसपा)बाट सरकारमा रहेकी छन् ।

मन्त्रीमण्डल पुनर्गठन हुँदा साहलाई बिना विभागीय मन्त्री बनाइएको थियो । प्रारम्भमा उनी सामाजिक विकास मन्त्री बनेकी थिइन् । तर मन्त्रालयहरुको नाम र कार्यक्षेत्र फेरिदा साहको विभाग खोसिएको थियो । सामाजिकबाट शिक्षा र स्वास्थ्यलाई अलग अलग गरिएको छ । जनमत पार्टी संसदीय दलका नेता महेश यादव शिक्षा मन्त्रालय र नेपाली कांग्रेसका वीरेन्द्र सिंह स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । रिक्त रहेको श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी मन्त्री साहलाई दिने तयारी भएको उच्चस्रोतले जनाएका छन् ।

स्रोतका अनुसार यातायात मन्त्रालयका लागि साहले पछिल्लो समयमा लविंग गरिरहेकी थिइन् ।जसपाका अध्यक्ष उपेन्द्र यादवले साहलाई यातायात मन्त्रालय दिन ‘ग्रीन सिंग्नल’ दिएको स्रोतले जनाएका छन् । ‘साहलाई यातायात मन्त्रालयको जिम्मेबारी दिन अध्यक्ष यादव सकारात्मक भएका छन्’ स्रोतले भने, उनी चाँडै विभाग पाउने भएकी छन् । हाल सो मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री सरोज कुमार यादवले सम्हाल्दै आएका छन् ।

साहसँगै विभाग खोसुवामा परेका वसन्त कुशवाहालाई भने हटाइने भएको छ । उनी कृषि मन्त्री हुँदा अनुचित दबाब र जातीय विभेद गरेको आरोप मन्त्रालयका प्रशासनिक निकायबाट लागेपछि विभाग विहीन बनाइएका थिए । जनमत पार्टीलाई सरकारबाट भने नहटाइए पनि कुशवाहालाई विदा गरिने तयारी भएको स्रोतले जनाएका छन् । स्रोतका अनुसार गठबन्धन सरकारको धर्म विपरीत कार्य गरेकाले सरकारबाट उनलाई बिदा गर्नेमा जनमत बाहेकका सत्तासीन सबै दलहरु एकमत देखिएका छन् । तर कुशवाहालाई हटाइए पनि जनमतकै एकजनालाई थप्ने अथवा कांग्रेसलाई थप मन्त्रालय दिने विषयमा टुंगो लागिसकेको छैन् ।

कांग्रेसले जोडबल गरे गृह, सञ्चार तथा कानुन मन्त्रालय पाउने बलियो सम्भावना छ । प्रदेश सरकारमा सबै भन्दा ठूलो दल रहे पनि कांग्रेसले हाल २ वटा मन्त्रालय मात्र पाएका छन् । जनमतका कुशवाहालाई हटाएर अर्को मन्त्रालय थप्नेमा कांग्रेसको भूमिका महत्वपूर्ण हुने बताइएको छ । कांग्रेसले नचाहे जनमतले एउटा शिक्षा मन्त्रालय मात्र पाउने छ । तर कांग्रेसले सघाए जनमतले गृह, सञ्चार र कानुन मन्त्रालय पाउन सक्ने बलियो सम्भावना छ । हाल सो मन्त्रालय मुख्यमन्त्री यादवको जिम्मामा रहेको छ ।

प्रदेश सरकारमा हाल जसपा मुख्यमन्त्री सरोज कुमार यादव, अर्थमन्त्री सञ्जय कुमार यादव, उर्जा, सिँचाइ तथा खानेपानी मन्त्री सिंहासन सा कलवार र बिना विभागीय मन्त्री साह रहेका छन् । कांग्रेसबाट भौतिक पूर्वाधार विकास मन्त्री कृष्णा यादव र स्वास्थ्य मन्त्री वीरेन्द्र सिंह रहेका छन् । जनमतका शिक्षा मन्त्री महेशप्रसाद यादव र बिना विभागीय मन्त्री वसन्त कुशवाहा रहेका छन् । लोसपाबाट वन तथा वातावरण मन्त्री रमेश पटेल, नेकपा एसबाट कृषि मन्त्री गोविन्द बहादुर न्यौपाने रहेका छन् ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब