मोर्चा र प्रशासनको चेतावनीले पछि हटे साह

  • साउन १६, २०८० | ३८२ पटक पढिएको | सीमा संदेश
alt

आम जनता पार्टी( आजपा)ले रौतहट बन्दको कार्यक्रम फिर्ता लिएसँगै सत्तासीन ६ दलीय गठबन्धन बलियो देखिएको छ ।

आजपाका अध्यक्ष प्रभु साहले रौतहट बन्द गराउन विभिन्न जिल्लाबाट भारी संख्यामा कार्यकर्ताहरु मगाएका थिए । आइतबार दिउँसो गरेको जुलुसमा ठूलो संख्यामा मोटरसाइकल थियो । मोटरसाइकल ¥यालीले रौतहट बन्द गराउन दवाव सृजना गर्न गरेको साहको प्रयास अबेर राति असफल भयो । बन्द कार्यक्रम गरिए प्रतिकार हुने र शान्तिसुरक्षामा खलल पुग्ने चेतावनी दिँदै बन्द फिर्ता लिन स्थानीय प्रशासनले चेतावनी दिएको बताइएको छ । साहको कार्यक्रम पूर्व पश्चिम राजमार्गमा पर्ने चपुर चोकमा केन्द्रित भएको छ । रौतहट बन्द कार्यक्रम अबेर राति फिर्ता लिए पनि चपुरमा रहेको धर्ना कार्यक्रमलाई जारी राखिएको छ । धर्ना कार्यक्रममा सहभागिताको संख्या सीमित रहे पनि नेताहरुले दिनभरि नै भाषण दिइरहेका छन् । सांसद साहले राजमार्ग क्षेत्रमा विरोध कार्यक्रम गरेर देशभरि नै गौर राइस मिल घटनालाई पु¥याइने उपाय गरेका छन् । गौरको राइस मिलमा भएको घटना दोहरिन सक्ने आकलन गरेका साहले पूर्व पश्चिम राजमार्गमा धर्ना कार्यक्रमलाई निरन्तरता दिएका छन् । फोरमको सभा विथोल्न साहले तराईको भूगोल भन््रदा बाहिरका मानिसहरु ल्याएकाले उनीहरुलाई घटनास्थलबाट भाग्न समस्या भएको थियो ।

माओवादीले केही दिन पूर्व नै गौरका व्यवसायीहरुमाथि आक्रमण गराएका थिए । त्यसकारण उनीहरुले स्वतः स्फूर्त रुपमा माओवादी माथि जाइ लागेका थिए । हिन्दू वादी नेता काशीनाथ तिवारीको हत्यामा संलग्न रहेको अभियोगमा साहलाई पक्राउ गरी कारबाही गर्न ६ दलीय गठबन्धनले सरकारमाथि दबाब बढाएका छन् । माओवादीको नामबाट साहले दर्जन बढी हत्या गराएको आरोप लगाउँदै जनता समाजवादी पार्टी(जसपा)का रौतहट अध्यक्ष श्यामबिहारी यादवले प्रहरीले पक्राउ गरी कारबाही अगाडि नबढाए सशक्त संघर्ष गर्ने चेतावनी दिएका छन् । रौतहट जिल्लामा गौर राइस मिल हत्या काण्ड र ईटाभट्टा हत्याकाण्ड अत्यन्त चर्चित छ । ईटाभट्टा हत्याकाण्डमा दर्जन बढी मानिसलाई जिउँदै ईटाभट्टामा पोलेर मारिएको थियो । त्यस काण्डमा नेपाली कांग्रेसका नेता अफताब आलम जेलमा छन् ।

राइस मिल हत्याकाण्डको १७ वर्ष वितिसक्दा पनि दोषीलाई पक्राउ नगरिएको भन्दै प्रतिनिधि सभा सदस्य प्रभु साह समर्थकहरुले चपुरको चोकमा धर्ना दिइरहेका छन् । आजपाका एकजना नेताले जनाए अनुसार बन्दको क्रममा झडप गर्ने ६ दलले तयारी गरेकाले कार्यक्रम स्थगित गरेर सचेत नागरिकको परिचय दिएको छ । मौलापुर नगरपालिकादेखि गरुडा हुँदै साह चपुरसम्म सीमित रहेका छन् । राइस मिल काण्डमा साह दोषी रहेको जसपाका रौतहट अध्यक्ष यादवले दाबी गरेका छन् । तर प्रभु साहले सो घटनामा तत्कालीन फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव दोषी रहेकाले पक्राउ गर्नुपर्ने माग गर्दै विरोधका कार्यक्रमहरु गरिरहेका छन् ।

गौर राइस पीडितहरुले शनिबारदेखि थालेको धर्ना र मोटरसाइकल ¥यालीका लागि आजपा अध्यक्ष साहले नै व्यवस्था गरिरहेका छन् । साहको बन्दलाई गौरका व्यवसायीहरुले समेत उल्लंघन गर्ने चेतावनी दिएका थिए । प्रशासनले शान्तिसुरक्षा खलबलिए मुद्दा चलाउने चेतावनी दिएपछि साहले आँट नगरेको बताइन्छ । प्रहरीले साहलाई तिवारी हत्याकाण्डमा पक्राउ गर्न सक्ने सम्भावना रहेको स्रोतले जनाएका छन् । संघर्षलाई सुरक्षित अवतरण गराएर गौर राइस मिल हत्याकाण्डबाट अलग्गिने योजना बनाएको बताइएको छ । प्रतिनिधि सभासदस्यमा निर्वाचित रहे पनि उनलाई हाल कुनै राजनीतिक दलको सहयोग छैन् । तर मौलापुर नगरपालिका र उनी निर्वाचित हुने क्षेत्रका जनतामा बलियो पकड बनाएका छन् । साह गौरमा जान सक्ने अवस्थामा नरहेपनि आफ्ना निर्वाचन क्षेत्रमा उनले चाहे अनुसारको गतिविधि गर्न सक्ने वातावरण छ । गौर राइस मिलको नाममा साहको राजनीति पनि कमजोर देखिएको छ । विगतमा साहप्रति देखिने जनसमर्थन हाल रहेको छैन् । उनी गौरमा विरोध प्रदर्शन गर्न सक्ने सामथ्र्यसमेत गुमाई सकेको बताइन््रछ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब