निजी विद्यालय सञ्चालकले भने : गुठीमा लैजाने भए आजै चाबी दिन्छौं

  • साउन २५, २०८० | १,०७१ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, २५ श्रावण । प्रस्तावित विद्यालय शिक्षा ऐनमा सरकारले निजी विद्यालयलाई ५ वर्षभित्र गुठीमा जानुपर्ने व्यवस्था राखेकोमा सिरहाका विद्यालय सञ्चालकले विरोध गरेका छन् । प्याब्सन, एनप्याब्सन र हिसान सिरहा जिल्ला समितिले सरकारले हचुवाको भरमा ५ वर्षभित्र शैक्षिक गुठीमा लैजाने व्यवस्था राखेको भन्दै विरोध जनाएका हुन् ।

प्याब्सनका सिरहा जिल्ला अध्यक्ष महेश चौधरीले विधेयकको यो व्यवस्था परिवर्तन नगरे अहिले नै विद्यालयको तालाचाबी बुझाउने चेतावनी दिए । निजी विद्यालयले गुणस्तरीय शिक्षा दिइरहेको भन्दै उनले सरकारले व्यवस्थापन गर्न सक्ने होे भने ५ वर्ष नकुरी अहिले नै निजी विद्यालयहरुको जिम्मा लिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी ,  शिक्षा समन्वय ईकाइ समिति लगायत १७ पालिकामा ज्ञापनपत्र बुझाएका छन् ।

‘५ वर्षपछि किन गुठीमा लैजानुप¥यो, आजै लगे हुन्छ, हामी तालाचाबी बुझाउन तयार छौं’ चौधरीले भने, ‘यदि सरकारले निजीले जत्तिको गुणस्तरीय शिक्षा दिन सक्छ भने आजै चाबी लिए हुन्छ ।’

सञ्चालकहरुले पहिले जबरजस्ती कम्पनीमा जान लगाएको र कहिले कानुनी व्यवस्थाअनुसार चलिरहेका निजी विद्यालयलाई गुठीमा लैजान खोजेको भन्दै आपत्ति जनाएका छन् । एनप्यपसन सिरहाका अध्यक्ष लालबाबु यादबले व्यक्तिको सम्पत्ति विकल्प विना राज्यका नाममा परिवर्तन गर् भन्नु नाजायज भएको बताए ।

‘सेवामूलक संस्थालाई राज्यले चाहना विपरीत कम्पनीमा जा भन्यो, हामी गयौं । कानुनी आधारमै चलेका विद्यालयलाई उनीहरुसँग सल्लाहै नगरी व्यक्तिगत सम्पत्तिलाई सार्वजनिक गुठीमा लैजा भन्नु संविधानकै भावना विपरीत छ’ यादबले भने ।

सरकारले ऐन मार्फत कर प्रणाली चुस्त बनाएर निजी विद्यालयलाई कसिलो नियमन गर्ला भनेको उल्टो व्यक्तिको सम्पत्ति खोस्न खोजेको निजी विद्यालयका प्रतिनिधिहरुको भनाइ छ । निजी विद्यालय संचालकले निजी विद्यालयका सञ्चालक यो देशका नागरिक नै होइनन् भन्ने राज्यले व्यवहार गरेको बताए ।

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

आर्थिक चलखेलमा अस्पतालहरुलाई एकसय शैयाको इजाजत

मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तत्कालिन ...

भोटेकोशी बाढी: मृत्यु हुनेको संख्या १,३९२ पुग्यो,

 भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान ग ...

भदौ २९ गते सोमबार, यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं. २०८३ साल भाद्र २९ गते, सोमबार। ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब