वर्तमान सरकार झुठा मुद्दामा फसाउने काममा लागेको छ : महेन्द्र यादव

  • साउन २८, २०८० | ३१५ पटक पढिएको | सीमा संदेश
alt

नेपाली कांग्रेसका सह—महामन्त्री महेन्द्र यादवले वर्तमान सरकार निरंकुशतातर्फ उन्मुख भएको बताएका छन् ।

नेपाल सांस्कृतिक महासंघको मधेश प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रममा सह–महामन्त्री यादवले वर्तमान सरकार सुनियोजित तरिकाले कांग्रेसका नेताहरुलाई पक्राउ गरी विभिन्न झुठा मुद्दामा फसाउने काममा लागेको आरोप लगाएका छन् । कांग्रेस सांसद शर्मालाई गृहमन्त्रीको राजीनामा मागेको भन्दै राजनीतिक पूर्वाग्रह साध्न पक्राउ गरिएको दाबी गर्दै उनले नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई समेत झुठा अभियोग लगाई पक्राउ गरेको बताए । अदालतबाट उनी निर्दोष भइ आउनेमा आफूहरु विश्वस्त रहेको बताउँदै राजनीतिमा प्रतिशोध साध्न पाइँदैन,सुनियोजित रुपमा कसैलाई पक्राउ गर्नु गलत हो उनले भने ।

कार्यक्रममा मधेश प्रदेश सभाका प्रदेशसभा सदस्य रामसरोज यादवले मिथिला संस्कृतिको संरक्षणमा सांस्कृतिक महासंघले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । पौराणिक कालदेखिकै सबल र उन्नत मिथिला संस्कृतिको संरक्षण र युवा पुस्तामा आकर्षणका लागि घर परिवारबाटै सचेतना अभियान संचालन गर्नुपर्ने खाँचो औँल्याउँदै उनले मिथिला संस्कृतिको महत्वलाई उजागर गर्दै यसको प्रवद्र्धनका लागि सरोकारबाला भएका सबै एकताबद्ध भइ गाउँसम्म अभियानकै रुपमा जागरण विस्तार गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा मधेश प्रदेश सभा सदस्य शेष नारायण यादवले पूर्वीय सभ्यताको विशिष्ट पहिचान बोकेको मिथिला संस्कृतिको उचित संरक्षण प्रवद्र्धन नहुँदा मिथिलाको पहिचान सङ्कटमा परेको भन्दै यसको संरक्षणका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए । पूर्वीय सभ्यताको प्रतीक, सांस्कृतिक दर्शन र संस्कारलाई पहिचान गराउने मिथिला संस्कृतिको जगेर्ना र यसको महत्वलाई आमजनमानसमा पु¥याउन पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म अभियानकै रुपमा अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, कार्यक्रममा सांस्कृतिक महासंघका केन्द्रीय सभापति तीर्थ बहादुर थापाले सांस्कृतिककर्मीहरुको सम्मानका लागि महासंघको स्थापना गरिएको बताउँदै कलाकर्मीहरुले केवल सम्मान, पेशाको सुरक्षा र पहिचानका लागि महासंघमा आवद्धता जनाएको बताए ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब