एमाले मधेश प्रदेश अधिवेशनको तयारी तीव्र

  • असोज ७, २०८० | ३४८ पटक पढिएको | सीमा संदेश
alt

एमालेको मधेश प्रदेशको अधिवेशनको तयारी तीव्र पारिएको छ ।

असोज २४ गतेदेखि जनकपुरमा हुने सो अधिवेशनका लागि विभिन्न समिति र उपसमितिहरू बनाएर तयारी तीव्र पारिएको एमाले मधेश प्रदेश कमिटीका अध्यक्ष राम अवतार यादवले जनाएका छन् । अधिवेशनका लागि १५० स्वयंसेवक र ५० जना पर्यवेक्षक खटाइने तयारी भइरहेको छ । प्रदेश अध्यक्ष यादवको संयोजकत्वमा प्रतिनिधि छनोट तथा व्यवस्थापन समिति गठन गरिएको छ भने प्रदेश उपाध्यक्ष रेवती पन्तको संयोजकत्वमा जनपरिचालन समिति गठन गरिएको बताइएको छ ।

कमल किशोर चौधरीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, शिवशंकर साहको संयोजकत्वमा भोजन व्यवस्थापन समिति, मोहम्मद कायस्थको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरिएको अध्यक्ष यादवले बताए । जनकपुरधामको महेन्द्रनारायण निधि प्रतिष्ठानमा हुने अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको उनले बताए । उनले असोज २४ गतेदेखि २६ गतेसम्म हुने सो अधिवेशनका लागि प्रतिनिधिको पनि अन्तिम रूप दिने काम भइरहेको बताए । मधेश प्रदेशका आठ वटै जिल्लामा रहेको करिब ६० हजार सक्रिय सदस्य मध्येबाट एक हजार अधिवेशन प्रतिनिधि छनोट गरिने छ ।

असोज १३ गते मधेश प्रदेशको १३६ वटै पालिकामा मनोनयन दर्ताको कार्यक्रम राखिएको छ । अधिवेशनका लागि मूल नारा सहितको ब्यानर र लोगो असोज ११ गते सार्वजनिक गरिने उनले बताए । अधिवेशनबाट महिला, दलित, आदिवासी जनजाति, युवासहितका क्लस्टर र विभिन्न जनवर्गीय संगठनबाट प्रतिनिधित्व हुने गरी २३५ सदस्यीय प्रदेश कमिटी चयन गरिनेछ ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब