सुदृढीकरणको नाममा आन्दोलनको तयारी गर्दै जसपा

  • असोज ७, २०८० | ३४२ पटक पढिएको | सीमा संदेश
alt

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले आन्तरिक रुपमा आन्दोलनको तयारी थालेको छ ।

सरकारले गौर घटनाको फाइल खोलेपछि जसपाले पार्टी सुदृढीकरणको नाममा तीन महिने अभियान सञ्चालन गरी आन्दोलनका लागि मनोवैज्ञानिक रुपमा तयारी गरिरहेको छ । जसपाले गौर घटनाकै विषयलाई लिएर काठमाण्डु लगायत तराई मधेशमा कार्यक्रमको आयोजना गर्दै आएको छ । संगठन सुदृढीकरणका लागि वडा तहदेखि प्रदेश तहसम्म विभिन्न कार्यक्रम आयोजना भइरहेका छन् । हरेक कार्यक्रममा गौर घटनाको विषयमा चर्चा हुने गरेको छ ।

नेताहरुले आन्दोलनका लागि तयार रहन कार्यकर्ताहरुलाई आह्वान गर्ने गरेका छन् । सरकारले पूर्वाग्रही ढंगबाट गौर घटनालाई उचालेर पार्टीमाथि षड्यन्त्र गरेको भन्दै त्यसका लागि तयार रहन पार्टीका नेताहरुले निर्देशन दिँदै आएका छन् । गौर घटना राजनीतिक घटना हो तर त्यसलाई आपराधिक घटनाको रुपमा अगाडि बढाउँदै दोषीलाई कारबाही गर्ने भनिएको छ, यो पार्टीमाथिको षड्यन्त्र हो भन्दै जसपाका शीर्ष नेताहरुले सरकारले कारबाही प्रक्रिया अगाडि बढाए सतर्क रहन भनेका छन् । त्यसबेला आन्दोलनको आवश्यकता पर्नसक्ने भएकाले त्यसको आन्तरिक तयारीमा लाग्न शीर्ष नेताहरुले निर्देशन दिएको पार्टी स्रोतले जनाएको छ ।

उता, पार्टीका प्रवक्ता एवं कार्यकारिणी सदस्य मनिष सुमनले यो आन्दोलनको तयारी नभइ पार्टी सुदृढीकरणका लागि सञ्चालन गरिएको तीन महिने अभियान मात्र रहेको दाबी गरे । सुमनले भने, ‘गौर घटनाको विषयमा नेता तथा कार्यकर्तामा चिन्ता र चासो छ । यसमा आन्दोलनका लागि तयार गर्नै पर्दैन ।’ जसपा एउटा जीवन्त र संगठित पार्टी हो । त्यसैले, आवश्यकता अनुसार जुनबेला पनि कार्यकर्ता मुभ हुन सक्छन् । तर, गौर घटनाको विषयलाई नै लिएर अहिले आन्दोलनको कुनै आवश्यकता नरहेको उनले बताए । पार्टीले सरकार तथा अन्य सरोकारवालासँग छलफल तथा परामर्श गरिरहेको छ ।

आवश्यकताअनुसार पार्टीले निर्णयहरु लिन सक्छ तर अहिले त्यसको आवश्यकता नपरेको सुमनले दाबी गरे । सुमनले त्यसो भने पनि जसपाले सरकारमाथि दबाव बढाउन गौर घटनालाई लिएर विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ । जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबु यादवले संगठनको काम भइरहेको तथा आवश्यकता परेमा पार्टी आन्दोलनमा पनि जान सक्ने बताउँछन् । गौर घटनालाई लिएर मधेशी जनतामा एक खालको आक्रोश उत्पन्न भइसकेको छ । सरकारले समयमा बुद्धि पुर्याएन भने जुनसुकै बेला पनि माहोल भडकिन सक्छ भन्दै उनले तीन महिने अभियानले संगठन पनि बन्नुको साथै आन्दोलनको तयारी पनि रहेको स्वीकारे ।

१७ वर्षअघि गौरको राइस मिलमा तत्कालीन मधेशी जनअधिकार फोरम र माओवादीबीच कार्यक्रमको बहानामा झडप हुँदा २७ जना माओवादी नेता तथा कार्यकर्ताको ज्यान गएको थियो । त्यतिबेला नै जसपाका अध्यक्ष उपेन्द्र यादवलगायत अन्य नेता तथा कार्यकर्ताको विरुद्धमा किटानी जाहेरी परेको थियो । अहिले सरकारले गौर घटना पीडितसँग पाँचबुँदे सम्झौता गरी दोषीमाथि कारबाही गर्ने भनेको छ । त्यसको विरुद्धमा जसपाले भित्रभित्रै आन्दोलनको तयारी गरिरहेको छ ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब