एमाले मधेशमा यादव समूह बलियो

  • असोज १६, २०८० | ३६५ पटक पढिएको | सीमा संदेश
alt

नेकपा एमालेको मधेश प्रदेशमा भएको प्रतिनिधि छनोटमा मधेश प्रदेश एमाले संसदीय दलका नेता सरोज यादवले नेतृत्व गरेको समूहको वर्चस्व देखिएको छ । मधेश प्रदेशमा एमालेका केन्द्रीय सचिव रहेका रघुवीर महासेठको प्यानललाई युवा नेता यादवको प्यानलले चुनौती दिएको छ ।

सप्तरी जिल्लामा प्रतिनिधि छनोट हुन सकेको छैन् । प्रतिनिधि छनोट भइसकेका ७ जिल्लामध्ये धनुषा बाहेक ६ जिल्लामा यादव पक्षको बाहुल्यता देखिएको छ ।

धनुषाबाट चुनिएका २ सय प्रतिनिधिमध्ये महासेठको पक्षमा १ सय ३० भन्दा बढी प्रतिनिधि रहेको बताइएको छ । यद्यपि यसको आधिकारिक रुपमा पुष्टि भइसकेको छैन् । स्रोतहरुका अनुसार महासेठले प्रदेश अध्यक्षका लागि पुरुषोत्तम पौडेललाई तयार गरेका छन् । यादव पक्षले सुमन प्याकुरेललाई अगाडि सारेको छ ।

एमालेको मधेश प्रदेशमा १ हजार हाराहारीमा प्रतिनिधि रहेका छन् । यादव प्यानलबाट प्याकुरेललाई उम्मेदवार बनाउन एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक निर्देशन जारी गरिसकेको स्रोतले जनाएका छन् । प्याकुरेल राष्ट्रिय सभा सदस्य हुन् ।

सप्तरी जिल्लाका बासिन्दा प्याकुरेल एमालेमा अत्यन्त प्रभावशाली नेता मध्येका हुन् । अध्यक्ष ओली निकट रहेका उनी नै अध्यक्ष हुने निश्चित प्रायः छ । प्याकुरेलको नाममा सर्वसहमति नभए उनी चुनावमा जाने स्रोतले जनाएका छन् ।

रक्सीको बिल तिर्न नसकेपछि महिलाको कपाल खौरिदिए

थाइल्यान्डको राजधानी बैंककस्थित एक बारबाट अचम्मलाग्दो घ ...

महँगाईविरुद्ध आन्दोलनको घोषणा

मधेश केन्द्रित दलहरुद्वारा गठित अग्रगामी मोर्चाका युवा ...

मधेश प्रदेश सरकार संकटमा

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा पर ...

सिरहामा एम्बुलेन्सबाट १०५ किलो गाँजा बरामद, चालक फ

सिरहा । सिरहामा प्रहरीले १०५ किलो लागूऔषध गाँजासहित एउट ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब