नेपाल प्रहरीको इन्सपेक्टर र असईमा भर्ना खुल्यो

  • कार्तिक ३, २०८० | ४०६ पटक पढिएको | सीमा संदेश
alt

नेपाल प्रहरीमा साढे तीन सय भन्दा बढी संख्यामा भर्ना खुलेको छ । प्रहरी निरीक्षक (इन्सपेक्टर) पदमा ९६ जना र प्रहरी सहायक निरीक्षक (असई) पदमा २६० जनाका लागि भर्ना खुलेको हो ।

दरखास्त फारम दर्ता मिति कात्तिक १९ गतेदेखि मंसिर २९ गतेसम्म तोकिएको छ । प्रहरी निरीक्षक पदको हकमा अनलाइनमार्फत् र प्रहरी सहायक निरीक्षक पदको हकमा सार्वजनिक बिदाको दिनबाहेक कार्यालय समयभित्र दरखास्त दिन सकिने प्रहरी प्रधान कार्यालय नक्शालले आज निकालेको सूचनामा उल्लेख छ ।

प्रहरी निरीक्षक पदका लागि १ हजार २ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । तर एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहको २० प्रतिशत (२४० रुपैयाँ) थप दस्तुर लाग्ने छ ।
प्रहरी सहायक निरीक्षक पदमा ५०० रुपैयाँ राजश्व बुझाउनुपर्ने छ । साथै एकभन्दा बढी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि २० प्रतिशत (१०० रुपैयाँ)को दरले थप दस्तुर लाग्ने सूचनामा उल्लेख छ ।

प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार स्नातक उत्तीर्ण हुनुपर्ने र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्णय हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ ।

Nepal-Police-bharna

तीन खुट्टा भएको बालिका जन्मियो

रौतहटको राजपुरमा तीनवटा खुट्टा भएको नवजात बालिकाको जन्म ...

मधेशको सत्ता राजनीतिमा नयाँ मोडको संकेत

नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्र ...

सोलुखुम्बुमा दुई हेलिकोप्टर ठोक्किए, एकजनाको मृत्य

सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर ठोक्किँदा एक जनाको मृत्य ...

कार्तिक १७ गते मंगलबार ,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल कार्तिक १७ गते । मंगलबा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब