राजावादीहरूले कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छरे: पोखरेल

  • कार्तिक ८, २०८० | ३८१ पटक पढिएको | सीमा संदेश
alt

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अनावश्यक भ्रम छर्ने काम भइरहेको दाबी गरेका छन् । अध्यक्ष ओलीको कम्बोडियाको टेलिकममा लगानी रहेको भन्दै भ्रम फैलाइएपछि महासचिव पोखरेलको यस्तो दाबी आएको हो । 

ओलीविरुद्ध राजावादीहरुले भ्रम फैलाएको उनले बताएका छन् । 'पहिले माओवादीहरू जाउलाखेलको टेलिकमको नयाँ भवनको फोटो राखेर केपी ओलीको घर भन्दै जनतामा भ्रम छर्ने गर्दथे । अहिले राजावादीहरू कम्बोडियाको टेलिकममा केपी ओलीको लगानी भनेर भ्रम छर्ने खेतीमा लागेको देखिन्छ,' उनले फेसबुकमा लेखेका छन् ।  

वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु रहेको उनले बताएका छन् । 'वैचारिक र राजनीतिक रूपमा स्खलित भएकाहरूको हतियार नै भ्रम सिर्जना गर्नु हो,' उनले भनेका छन्, 'नेपालमा सुशासन र विकासका प्रश्नमा सबैभन्दा योग्य देखिएको व्यक्तिको प्रहार राष्ट्र र जनताको भविष्य माथिको प्रहार हो । भ्रममा नपरौं, यस्ताखाले षड्यन्त्रविरुद्ध गम्भीर बनौं।

मेडिकल व्यवसायी दुर्गा प्रसाइँले ओलीलेको कम्बोडियाको टेलिकममा लगानी रहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । त्यसैलाई लिएर सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । 

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब