जनकपुरधाम, कार्तिक २८ गते ।जनकपुर जयनगर रेलमा किचिएर एकजना भारतीयको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत बिहार राज्यको मधुवनीको जयनगर बेल्ही बस्ने वर्ष ६० का विन्देश्वर दास रहेका छन् ।
आज बिहाज जयनगर तर्फ जाँदै गरेको रेलले धनुषाको विदेहनगरपालिकाको वैदेही स्टेसन नजजिक उनको कटेर घटनास्थलमै मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
प्रत्यक्षदर्शीका अनुसार मृतकको शव दुई टुक्रा भएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved