मधेशमा स्पेश खोज्दै रास्वपा

  • मंसिर १२, २०८० | ३११ पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तीन दिने केन्द्रीय कार्यसमितिको बैठक महोत्तरीको जलेश्वरमा सुरु भएको छ ।

गत निर्वाचनमा राजनीतिक दलको रुपमा स्थापित भएका रास्वपाले प्रतिनिधिसभाका लागि मात्रै उम्मेदवारी दिएका थिए । सो पार्टीले संघीयता मुलुकको लागि आवश्यक नरहेको भन्दै न त उम्मेदवार नै दिए न त प्रदेश सांसदलाई मतदान नै गरेका थिए । मधेश प्रदेशमा कमजोर रहेका रास्वपाले मधेशको सेन्टिमेन्ट लिनका लागि जलेश्वरमा बैठक बसेको हुनसक्ने अनुमान गरिएको छ ।

मधेशमा सो पार्टीलाई जनताले रुचाएका थिएन् । अधिकांश कार्यक्रमहरु बर्दिबासमा हुने गरेको अवस्थामा रास्वपाले जलेश्वरमा बैठक बस्नु भनेको मधेशको सेन्टिमेन्ट बटुल्ने रहेको राजनीतिक विश्लेषकहरुको भनाइ छ । पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक सोमबार दिउँसो साढे १२ मा सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरु, सांसदहरु, संगठन, कानुन तथा न्याय, प्रशिक्षण विभागका पदाधिकारी सहभागी थिए ।

बैठकमा रास्वपाको मधेश प्रदेश सभापति र महामन्त्री पनि सहभागी भएका थिए । पार्टी स्थापना यता रास्वपाको यो सबैभन्दा बृहत्त बैठक रहेको पार्टीको दाबी छ । बैठकको प्रारम्भमा महामन्त्री मुकुल ढकालले समसामयिक राजनीतिक तथा पार्टी गतिविधिको जानकारी गराए । महामन्त्रीपछि प्रदेशका सभापतिहरुले संगठनात्मक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सोमबार नै केन्द्रीय अनुशासन आयोगको प्रतिवेदन विभागका प्रमुख डा. भरतमणि देवकोटाले पेश गर्ने कार्यसूची रहेको थियो । सोमबार नै पार्टी सभापतिबाहेक २० सांसदलाई ७ मिनेटका दरले बोल्न समय दिइएको थियो । त्यस्तै पार्टी उपसभापति डोलप्रसाद अर्यालले आर्थिक तथा लेखा प्रतिवेदन पेश गरेका थिए भने आर्थिक व्यवस्थापन विभाग प्रमुख लिमा अधिकारी र लेखा आयोगका प्रमुख अभिषेक घिमिरेले उक्त प्रतिवेदनमाथि धारणा राखेका थिए ।

संगठन विभागका प्रमुख तथा सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेश गर्ने भएका छन् । मंगलबार विहान केन्द्रीय समिति र संसदीय दलको छुट्टाछुट्टै बैठक पनि बस्नेछ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक भने विहान ११ बजेबाट सुरु हुनेछ । बैठकमा प्रमुख सचेतक सन्तोष परियारले संसदीय दलको गतिविधिबारे एक प्रतिवेदन पेश गर्नेछन् ।

मंगलबार नै सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्ने रास्वपाले जनाएको छ । महामन्त्री ढकाल र सहमहामन्त्री बुर्लाकोटीले महाधिवेशनको कार्यविधि र प्रक्रियासहितको प्रतिवेदन मंगलबार पेश गर्नेछन् । मंगलबार नीति विचार प्रतिनिधिमण्डलको बैठक पनि बस्नेछ । तेस्रो दिन बुधबार विहान ७ बजे सुरु हुने बैठक साढे १२ बजेमा सक्ने कार्यतालिका छ । महाधिवेशन कार्यविधि तथा प्रक्रियामाथि दुई घण्टाभित्र सहभागीहरुले धारणा राख्नेछन् । त्यसलगतै, नीति र विचारमाथि बोल्नका लागि एक घण्टाको समय छुट्याइएको छ ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब