सिरहाका पालिकामा ७ अर्ब बेरुजु, रकम असुल फछर्यौट गर्न मलेपको सुझाव

  • मंसिर १६, २०८० | ५९० पटक पढिएको | सीमा संदेश
alt

सिरहाका १७ वटै पालिकामा विभिन्न योजना तथा कार्यक्रम सञ्चालन गर्ने उपभोक्ता समिति, फर्म तथा व्यक्तिबाट ६ अरब ८२ करोड ६१ लाख ५८ हजार ७ सय रुपैयाँ बेरुजु रकम असुल गर्नुपर्ने देखिएको छ। महालेखा परीक्षकको प्रतिवेदन २०७९ ले सिरहामा पनि बेरुजु बढिरहेको देखाएको हो।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ८४ मा बेरुजु फछर्यौट गर्ने व्यवस्था छ। सोही ऐनको दफा ८४ ९२० ९घ० बमोजिम बेरुजु फछर्यौट गर्ने गराउने कर्तव्य प्रमुख प्रशासकीय अधिकृतको हुने व्यवस्था भए पनि सिरहाका स्थानीय पालिकाका कुनै पनि प्रमुख प्रशासकीय अधिकृतले बेरुजु असुल गर्न तदारुकता देखाएका छैनन्।

महालेखा परीक्षकको कार्यालयको प्रारम्भिक लेखापरीक्षण प्रतिवेदन–२०७९ अनुसार सबैभन्दा बढी सिरहा नगरपालिकाको ८६ करोड ९४ लाख ६ हजार रुपैयाँ बेरुजु छ। साथै दोस्रोमा लहान नगरपालिकामा ८५ करोड ४ लाख ४९ हजार रुपैयाँ बेरुजु छ।

धेरैजसो बेरुजु देखिएको रकमको शीर्षकमा प्रमाण कागजात पेस नगरेको, पेस्की बाँकी, असुल गर्नुपर्ने र नियमित गर्नुपर्ने लगायत छन्। सिराहा नगरपालिकाको गत आर्थिक वर्षसम्म ७७ करोड ५२ लाख ९४ हजार रुपैयाँ बेरुजु छ । आर्थिक वर्ष २०७८–७९ सम्मको अद्यावधिकमा ८६ करोड ९४ लाख ६ हजार रुपैयाँ पुगेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ।

यसैगरी, लहान नगरपालिकाको गतवर्षसम्म ६२ करोड २४ लाख ११ हजार रुपैयाँ रहेको बेरुजु महालेखा परीक्षकको प्रतिवेदन २०७९ मा उल्लेख भए अनुसार बढेर ८५ करोड ४ लाख ४९ हजार रुपैयाँ देखिएको छ।

यस्तै, महालेखाको प्रतिवेदनका अनुसार सुखीपुर नगरपालिकामा गत आर्थिक वर्षसम्म २३ करोड ९६ लाख ९६ हजार रुपैयाँ रहेको बेरुजुमा थपिएर ३६ करोड १४ लाख २८ हजार रुपैयाँ पुगेको उल्लेख छ।

गोलबजार नगरपालिकाको गतवर्षसम्म २९ करोड ७१ लाख ३६ हजार रुपैयाँ बेरुजु रहेकामा हालसम्मको अद्यावधिकमा ३७ करोड ४८ लाख ४५ हजार रुपैयाँ पुगेको छ ।

कर्जन्हा नगरपालिकामा गतआर्थिक वर्षसम्म २० करोड ५० लाख ६६ हजार रुपैयाँ रहेको बेरुजु बढेर २९ करोड ५ लाख २९ हजार रुपैयाँ भएको छ।

कल्याणपुर नगरपालिकाको गत वर्षसम्म ३४ करोड २२ लाख ९१ हजार रुपैयाँ रहेको बेरुजुमा थपिएर ४१ करोड ८२ लाख ९४ हजार रुपैयाँ पुगेको छ।

धनगढीमाई नगरपालिकामा पनि अघिल्लो आर्थिक वर्षसम्म ४० करोड ५१ लाख ८७ हजार रुपैयाँ रहेको बेरुजु हालसम्मको अद्यावधिकमा ५६ करोड ६३ हजार रुपैयाँ पुगेको छ।

मिर्चैया नगरपालिकामा गतवर्षसम्म ४० करोड ६० हजार रुपैयाँ बेरुजु देखिएकामा २०७८–७९ सम्ममा आइपुग्दा ५१ करोड ३२ लाख ५५ हजार रुपैयाँ पुगेको छ।

अर्नमा गाउँपालिकाको गतवर्षसम्म १९ करोड ८७ लाख २ बजार रुपैयाँ रहेको बेरुजु बढेर २३ करोड ३९ लाख ९२ हजार रुपैयाँ पुगेको छ।

औरही गाउँपालिकामा अघिल्लो आर्थिक वर्षसम्म ३० करोड ४७ लाख ६९ हजार रुपैयाँ देखिएको बेरुजु बढेर ३२ करोड ६८ लाख ८ हजार रुपैयाँ पुगेको महालेखाले जनाएको छ।

यसैगरी, नरहा गाउँपालिकाको महालेखाको प्रतिवेदन अनुसार, २७ करोड ९६ लाख १८ हजार रुपैयाँबाट बढेर बेरुजु ४० करोड ४ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।

यता, नवराजपुर गाउँपालिकामा ३ करोड ८ लाख ८५ हजार रुपैयाँबाट बढेर बेरुजु १२ करोड ३२ लाख २७ हजार रुपैयाँ पुगेको छ ।

बरियारपट्टी गाउँपालिकामा गतवर्षसम्म २४ करोड ३५ लाख ९० हजार रुपैयाँ बेरुजु रहेकामा हालसम्मको अद्यावधिकमा ४१ करोड ६५ लाख ९४ हजार रुपैयाँ पुगेको छ।

विष्णुपुर गाउँपालिकामा ३० करोड २८ लाख ७३ हजार रुपैयाँ बेरुजु रहेकामा बढेर ३६ करोड २२ लाख ६२ हजार रुपैयाँ पुगेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

यता, भगवानपुर गाउँपालिकाको १० करोड ६७ लाख ५९ हजार रपैयाँबाट बढेर २१ करोड २१ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

यसैगरी, लक्ष्मीपुर पतारी गाउँपालिकाको गतवर्षसम्ममा २७ करोड ८५ लाख २४ हजार रुपैयाँ बेरुजु रहेकामा अद्यावधिकमा ३४ करोड १९ लाख ५२ हजार रुपैयाँ पुगेको छ।

यता, सखुवानाकन्कारकट्टी गाउँपालिकामा भने १२ करोड ७८ लाख १८ हजार रुपैयाँबाट बढेर १७ करोड ७९ लाख ४१ हजार रुपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

फछर्यौट गर्न बाँकी सम्पूर्ण रकम असुल फछर्यौट गर्न महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणको प्रारम्भिक प्रतिवेदनमा सुझाएको छ।

सुटिङको क्रममा अभिनेत्री रश्मिका मन्दाना घाइते

मुम्बई । दक्षिण भारतीय तथा बलिउडकी अभिनेत्री रश्मिका मन ...

गोलबजारका तीन व्यवसायी पसल खरानी, करोडौको क्षति

सुनसरी घटनालाई लिएर उत्पन्न प्रदर्शनले सबभन्दा बढी क्षत ...

वार्तापछि मधेशको राजनीति तरंगित

सुनसरीको देवानगञ्ज झडपपछि तराई–मधेशको विभिन्न जिल ...

सीमा सुरक्षामा थप कडाई

नेपाल–भारत खुला सीमासँग जोडिएको मधेश प्रदेश पछिल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब