विरोध कार्यक्रमलाई सार्न प्रधानमन्त्रीको आग्रह

  • मंसिर २०, २०८० | ३४५ पटक पढिएको | सीमा संदेश
alt

प्रहरी समायोजन र निजामती कर्मचारी ऐन ल्याउन माग गर्दै मधेश प्रदेशले घोषणा गरेको संघर्षका कार्यक्रमलाई केही दिन स्थगित गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आग्रह गरेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवसित मंगलवार भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले केही समयका लागि संघर्षका कार्यक्रमहरु स्थगन गर्न आग्रह गरेका हुन् । प्रदेश सरकारले संघीय सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको छ । राजधानी केन्द्रित आन्दोलनमा प्रदेश सरकारका सबै मन्त्री, सबै दलका सभासदहरु, मधेश प्रदेशका प्रतिनिधि सभा सदस्यहरु लगायत मधेश प्रदेशका बासिन्दाहरुको समेत सहभागिता गराउने तयारी गरिएको छ ।

प्रदेश सरकारले प्रहरी समायोजन र निजामती ऐन नबनाए सशक्त संघर्ष थाल्ने धम्की दिएपछि प्रधानमन्त्री र मुख्यमन्त्रीबीच पहिलो पटक प्रत्यक्ष संवाद भएको छ । मुख्यमन्त्रीले आन्दोलनको कार्यक्रममा हाल कुनै फेरबदल नभएको बताएका छन् । सर्वदलीय सहमतिबाट गरिएको निर्णय परिवर्तन गर्न फेरि बैठक बस्ने उनले बताए । ‘आन्दोलनको कार्यक्रमहरुलाई केही दिन स्थगित गर्न प्रधानमन्त्रीज्यूले आग्रह गर्नु भएको छ’ उनले भने, उहाँले २३ गते शनिवार थप संवादका लागि काठमाण्डु बोलाउनु भएको छ ।

संघीय सरकारले पटक– पटक आश्वासन दिए पनि प्रहरी समायोजन र निजामती ऐन ल्याउन सकारात्मक नरहेको सातवटै प्रदेश सरकारको निष्कर्ष छ । मधेश प्रदेशले थाल्ने आन्दोलनमा अन्य ६ प्रदेशले पनि समर्थन जनाउने दाबी मधेश प्रदेशले गरेको छ । प्रधानमन्त्री प्रचण्ड माओवादी केन्द्रको तीन महिने रुपान्तरण अभियानको समीक्षा बैठकमा सहभागी हुन महोत्तरी जिल्लाको गौशालामा मंगलवार आएका थिए ।

सरकारी जागिरमा बढ्यो आकर्षण : लोकसेवामा दुई हजार ३

सरकारी सेवाप्रति आकर्षण अत्यधिक देखिएको छ । लोकसेवा आयो ...

गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना

अग्रपूजाको अधिकार प्राप्त गरेका बिघ्नहर्ता भगवान् श्री ...

भदौ ३० गते मंगलबार,यस्तो छ तपाईं को राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र ३० गते । मंगलबार ...

बरियारपट्टीमा भेटिएको सकेट बम नेपाली सेनाले गर्‍यो

सिरहा । सिरहाको बरियारपट्टी गाउँपालिका–३ नवटोलिनज ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब