भारतको लोक सभामा अनधिकृत व्यक्ति छिरेर फाले ग्‍यास

  • मंसिर २८, २०८० | ४०० पटक पढिएको | सीमा संदेश
alt

भारतको लोक सभामा बुधबार दुई जना व्‍यक्ति अनधिकृत रूपमा प्रवेश गरेका छन्।

बुधबार दिउँसो चलिरहेको लोक सभामा दुई जना अनधिकृत रूपमा प्रवेश गरेको भारतीय 'द हिन्दु' ले जनाएको छ।

ती व्यक्तिहरूले भित्र प्रवेश गरी पहेँलो रङको ग्यासको बट्टा फालेका थिए। उक्त ग्यास सदन हलमा छरिएको थियो। तर त्यो ग्यास हानिकारक नभएको प्रहरीको अनुसन्धानबाट देखिएको हिन्दुले समाचारमा उल्लेख गरेको छ।

चलिरहेको सदनमा यसरी अनधिकृत व्यक्तिहरू प्रवेश गरेपछि सदनको सुरक्षामाथि प्रश्‍न उठेको छ। सभामुख ओम बिरलाले उक्त घटनापछि सदन स्थगित गरेका थिए।

सुरक्षाको कमजोरीबारे छलफल गर्न सभामुख बिरलाले सबै दलका नेताहरूको बैठक बोलाएका थिए। उनले बैठकमा चार जनालाई प्रहरीले पक्राउ गरिसकेको समेत जानकारी दिए।

दुई जना लोक सभाभित्र र दुई जना बाहिरबाट पक्राउ परेका थिए। घटनाबारे लोक सभा र दिल्ली प्रहरीले छानबिन अगाडि बढाएको छ।

सुकदेव सिंहले एमाले पार्टी परित्यागको घोषणा

नेकपा एमालेका जिल्ला समिति सदस्य सुकदेव सिंहले पार्टीको ...

फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकार गरेपछि विवादम

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ की ...

भारत भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री खनाल आगा

छिमेकी मुलुक भारतको तीन दिने औपचारिक भ्रमण सम्पन्न गरी ...

रास्वपा सिरहामा नेतृत्वका लागि आजै निर्वाचन प्रक्र

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहाको प् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब